मोरङको शान्तिचोकमा भएको दुर्घटनामा डाक्टर र नर्स रहेका बाबु छोरीको मृत्यु


मोरङ । कोसी राजमार्गअन्तर्गत मोरङको शान्ति चोकमा भएको सवारी दुर्घटनामा परेर डाक्टर र नर्स रहेका एउटै परिवारका बाबु छोरीको मृत्यु भएको छ ।

सेन्चुरी मसला उद्योग अगाडि भएको दुर्घटनामा बूढीगंगा गाउँपालिका ५ घर भएका ५२ वर्षीय नेत्र रोग विशेषज्ञ डा. शुवालाल माझी र स्टाफ नर्स रहेकी उनकी छोरी २६ वर्षीया अञ्जली माझीको मृत्यु भएको हो ।

शुवालाल विराटनगरको गोल्छा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ हुन् भने अञ्जलीकुमारी न्युरो अस्पतालकी स्टाफ नर्स हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार उनीहरु को २७ प १०२२ नम्बरको मोटरसाइकलमा विराटनगर आउँदै थिए । मोटरसाइकल बुवा शुवालालले चलाएका थिए ।
विराटनगरबाट सुनसरीको खनारतर्फ जाँदै गरेको को १ ख ७२३२ नम्बरको बसले विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

(Visited 9 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु