काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोसीमा खस्दा मृ*त्यु हुनेको संख्या ९ पुगेको छ ।

फोटो : आदित्य दाहाल र सन्तोष पनेरुको फेसबुकबाट
शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खसेको हो । चालक धनबहादुर तामाङको सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

घटनास्थलमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजाराम बर्तौलाका अनुसार नदीमा डुबेको बस क्रेनको सहायताले किनारमा निकालिएको छ । बसभित्र च्यापिएका र अचेत अवस्थामा एकजना यात्रु फेला परेका छन् । अन्य यात्रुहरू नदीले बगाएर आधा किलोमिटर तलसम्म पुर्याएको उनले बताए ।

नदीमा डुबेको बस क्रेनको सहायताले किनारमा निकाल्दै ।
दुर्घटना र घाइतेको प्रकृति हेर्दा मृतकको संख्या बढ्न सक्ने उनको भनाइ छ । २० घाइतेलाई धुलिखेल अस्पताल ल्याइएको छ ।

थप जानकारी तलको भिडियोबाट

(Visited 53 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *