४० जना यात्रु रहेको यात्रुबाहक बस सुनकोशी नदीमा खस्यो


काठमाडौं –दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोशी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार, बस नम्बर थाहा पाउन सकिएको छैन । बसमा ३५ /४० जना यात्रु रहेको अनुमान गरिएको प्रहरीले बताएको छ ।

अपडेट : सुनकोशीमा बस खस्यो, ६ जनाको मृ त्यु

दोलखा : दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा ६ जनाको मृ त्यु भएको छ। शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घ टना हुँदा ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिएका छन्।

डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस सुनकोशीमा खसेको र चालक धनबहादुर तामालाई पानीबाट उद्दार गरिएको छ।घटनाको थप विवरण आउन बाँकी छ।

सिमेन्ट कारखानामा मजदूरको मृ त्यु

दाङ – घोराही उपमहानगरपालिका–३ मा रहेको सगरमाथा सिमेन्ट कारखानामा काम गर्ने १ मजदूरको मृ त्यु भएको छ ।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोदविक्रम शाहका अनुसार भारत उत्तर प्रदेश स्थायी घर भई हाल सो कारखानामा बस्ने ४५ वर्षीय रमेशकुमार पटेल सिमेन्ट कारखानाको निर्माण हुँदै गरेको भवनमा फर्मा राख्ने क्रममा ख सेर सख्त घा इते भएकामा उपचारका क्रममा आइतवार उनको मृ त्यु हो ।

शनिवार बेलुका साढे ८ बजे खसेर घाइते भएका पटेललाई उपचा रका लागि कोहपुरस्थित शिक्षण अस्पताल लगिएको थियो । मृत कको श व अस्पतालकै श व गृहमा राखिएको छ ।

(Visited 16 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु