सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न पसेका चार जनाको मृत्यु, एक गम्भीर


विराटनगर । मोरङको सुनवर्षी नगरपालिका ९ मुस्लिम टोलमा निर्माणधीन सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न पसेका चार जनाको निसासिएर मृत्यु भएको छ । पाँच जना मजदुर मध्ये एक जना मजदुर भने गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनवर्षि नगरपालीका ९ बस्ने ४५ वर्षीय मो. कफिल मियाँ, २२ वर्षीय उनका छोरा फिरोज उद्दिम, सोही स्थान बस्ने २२ वर्षीय सहनवाज उद्दिम, २१ वर्षीय वसिक आलम रहेका छन् । निसाएिर ३८ वर्षीय दाउद मियाको अवस्था गम्भीर छ । उनको रंगेली अस्पतालमा उपचार भइरहेको छ । रंगेलीस्थित जिल्ला अस्पताल र टाइम्स हस्पीटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित गोल्डेनमा उपचारका लागी ल्याउँदाल्याउँदै उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

(Visited 4 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु