भारतको नयाँ दिल्लीमा प्रदूषणको मात्रा अत्याधिक भएपछि संकटकालको घोषणा


नयाँ दिल्ली, भारत । भारतको नयाँ दिल्लीमा प्रदूषणको मात्रा अत्याधिक भएपछि सरकारले प्रदूषणबाट सर्वसाधारणलाई जोगाउन लाखौंको संख्यामा मास्क वितरण गरेको छ ।

प्रदुषण अत्याधिक बढेसँगै दिल्ली सरकारले पब्लिक हेल्थ इमरजेन्सी घोषणा गरेको छ । बीबीसीका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा ५० लाख मास्क वितरण गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार वायुमा मसिना धूलोका कणको मात्रा प्रति घनमिटर २.५ हुनुपर्ने तोके पनि नयाँ दिल्लीमा अहिले पाँच सय ३३ माइक्रोग्राम भएको जनाइएको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठनले यस्ता कणको मात्रा २४ घण्टामा सरदर २५ पीएम माथि हुन नहुने तोकेको छ । नयाँ दिल्लीको वायुप्रदूषणको मात्र निकै गम्भीर अबस्थामा पुगेपछि भारतीय सर्वोच्च अदालतले नयाँ दिल्ली र दुई छिमेकी राज्यमा प्रदूषण बढाउने खालका धेरै गतिविधीमा प्रतिवन्ध लगाएको छ ।

हालै उच्च अदालतले सबै खाले निर्माण कार्यलाई एक हप्तासम्म रोक्न र आगोसम्बन्धी कुनै पनि गतिविधीमा रोक लगाएको छ । त्यसैगरी शहरी क्षेत्रका विद्यालयहरूलाई अर्को मंगलबारसम्म बन्द गरिएको छ ।

(Visited 12 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु