जङ्गली हात्ती धपाउन जडान गरिएको विद्युतीय धरापमा परी मामा र भान्जाको ज्यान गयो


झापा, कात्तिक १६ । जङ्गली हात्ती धपाउन जडान गरिएको विद्युतीय धरापमा परी झापाको बुद्धशान्तिमा मामा–भान्जाको ज्यान गएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका ४ बस्ने १८ वर्षीय अभिनास राई र उनका मामा भोजपुरको साल्पाचुली गाउँपालिका ५ बस्ने अन्दाजी ३५ वर्षीय मणिराम राई रहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक कैलाश चौधरीले जानकारी दिए ।

प्रहरीका अनुसार बुद्धशान्ति ४ बस्ने परेसिकुमार राईको घरमा पाहुना आएका मणिराम र अभिनास शनिवार बिहान घरबाट निस्किएका थिए । सोही गाउँपालिका ४ स्थित नव ज्योति सामुदायिक वन समूहको कार्यालय नजिकै जङ्गली हात्ती धपाउन विद्युतीय धराप लगाएको थियो ।


कार्यालय नजिकैको खोलामा माछा मार्ने क्रममा बिजुली तारले पानीलाई छोएपछि मामा भान्जाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको विषयमा अनुसन्धान भइरहेको छ, भने दुवै शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको छ । झापामा जंगली हात्तीको उपद्रो रोक्न स्थानीय र सामुदायिक वनहरूले विद्युतीय धरापमा धाप्ने गरेका छन् । त्यसमा परी मानिस र हात्तीको मृत्यु हुदै आएको छ ।

(Visited 16 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु