महराको मोबाइल उनकी पत्निले फुटाइदिएको रहस्य खुल्यो, बयान दिँदा खुले महराका अन्य कर्तुतहरु पनि


काठमाडौँ कात्तिक १५ । निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रयोग गर्ने मोवाइल फोन फुटाएको रहस्य खुलेको छ । घटनाबारे समाचार सार्वजनिक भएपछि उनकी श्रीमती सीता महराले मोवाइल फुटाइदिएको रहस्य बाहिर आएको हो । यो कुरा महरा पत्नि सिता स्वयमले बयानमा बताएकी छन् ।

उनले मोवाइल फोनकै कारण घट्ना हुन गएको भन्दै आफू मोवाइल फुटाएको बयानमा उल्लेख गरेकी छिन् । सिताले बयानमा भनेकी छिन् मिति २०७६ असोज १३ गते विभिन्न सञ्चारमाध्यमहरुमा मेरो श्रीमान् कृष्णबहादुर महराले मिति असोज १२ गते परिवर्तित नाम ९वृत्त नयाँबानेश्वर–२६९३००२०६७।०७७ लाई निज पीडितको कोठामा गई जवरजस्ती करणी गर्न खोजेको र मेरो श्रीमानको मोवाइलबाट पीडितको मोवाइलमा म्यासेज समेत पठाएको भन्ने समचारहरु आएपछि मलाई रिस उठी सम्पूर्ण समस्याको कारण श्रीमानको मोवाइल ठानी निजले प्रयोग गर्ने मोवाइल मैले खोसेर फाली फुटाइदिएकी हुँ,’ ।

अनुसन्धानमा खटिएका अधिकारीहरुले पटक पटक मोवाइल फोन माग्दा महराले फोन नदिएपछि उनले आफ्नो फोन फुटेको बयान दिए पनि पत्नि सिताले फुटाइदिएको रहस्यबारे भने केही बोलेका थिएनन् । तर पत्निले उक्त लुकेको रहस्यल बाहिर ल्याइदिएपछि यो खबर अहिले भाइरल बनिरहेको छ । सरकारी वकिलको कार्यालयले तयार पारेर अदालतमा दायर भएको अभियोग पत्रको पेज नम्बर १६ मा महरा पत्नी सीताले दिएको घट्ना विवरण उल्लेख गर्दै सीताले उक्त फुटेको मोवाइल पनि आँफुसँग सुरक्षीत रहेको उल्लेख गरेकी छिन् । संसद सचिवायलकी महिला कर्मचारी रोशनी शाहीमाथी जबरजस्ती गरेको आरोपमा पक्राउ परेका महरा असोज १९ गते पक्राउ परेका हुन् ।

बिहीबार ढिला गरी महराविरुद्ध अभियोग दर्ता भएकाले बिहीबार बयान लिन नसकिएको र आज बयान लिइएको हो । महरालाई फेरी आइतबार अदालतमा उपस्थित गराइने र थुनछेक बहस सकिएपछि उनी छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला हुनेछ । महराविरुद्ध सरकारी वकिल कार्यालयले बिहीबार बलात्कार प्रयासमा ५ वर्ष र विशिष्ट व्यक्ति भएकाले थप दुई वर्ष गरी सात वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेपछि महराको अहिलेसम्मको कालो कर्तुत बाहिर आएको हो ।

(Visited 16 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु