हात्ती धपाउन लगाइएको करेन्ट लागेर मामा–भान्जाको मृ*त्यु


इमेची डटकम । १६ कात्तिक, झापा :

झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृ*त्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृ*त्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेका छन् ।

दुवै जनालाई आज बिहान ७ बजे मृ*तावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ । माछा मार्न जाने क्रममा दुवै जना विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

‘हात्ती प्रभावित क्षेत्र भएकोले स्थानीयहरुले आफ्नो-आफ्नो जग्गामा तार लगाएका छन्।’, ‘प्रवक्ता श्रेष्ठले भने,’ त्यो तारमा करेन्ट छोडिने गर्छ। करेन्ट सप्लाई भइरहेको तारमा छोएर उनीहरुको मृ*त्यू भएको हुनसक्छ।’ शनिबार बिहान माछा मार्ने क्रममा हात्तीलाई रोक्न लगाएको तारबाट करेन्ट सप्लाई हुँदा उनीहरुको मृ*त्यू भएको प्रहरीले जानकारी दिएको छ।

यता नवज्योति सामुदायिक वन समूहका अध्यक्ष मानबहादुर साँवाले जंगली हात्ती घरमा जानबाट रोक्न लगाइएको विद्युत जडित तारका विषयमा आफुलाई जानकारी नभएको बताए।

(Visited 9 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु