छटको लागि दुलही झैँ सिंगारिदैँ जनकपुरको पोखरी


जनकपुरधाम । मुलुकमै चर्चित जनकपुरको छठ भव्य बनाउन स्थानीयहरु दुई साताअघिदेखि नै तयारीमा लागेका छन् । सूर्य भगवानलाई अर्घ दिन तराई–मधेसको नदी, तलाउ, पोखरी, इनारलगायतको जलासयको किनार र घाटलाई सिंगार्ने काम भइरहेको छ।


मुख्यतः जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागरलगायत पोखरीलाई नवदुलहीझैं सजाएर झकिझकाउ बनाउने कार्य जारी छ। आकर्षक पन्डाल तथा बिजुली बत्ती बालेर घाट सजाइँदै छ।

पोखरी तथा तलाउका घाट ९किनार० सजाउनकै लागि मात्रै वर्षेनी करिब ५० लाख रुपैयाँभन्दा बढी खर्च गरिन्छ। पर्वकै नाउँमा भए पनि छठपूजा गर्ने नदी तथा तलाउ सफासुग्घर गर्ने परम्परा पहिलेदेखि कायम रहे पनि अहिले सजावटका लागि स्थानीय युवा क्लबहरूले प्रतिस्पर्धा गर्ने गरेका गर्छन्।


यतिखेर जनकपुरलगायत तराई–मधेसको बजारमा छठ पूजाका लागि सामग्री खरिद गर्नेको घुँइचो छ। छठ पर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्री ह्वातै बढेको छ।

बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टपरी तथा माटोको भाडाको व्यापार पनि बढेको छ। नरिवल, भोगटी, स्याउ, सुन्तला, उखुलगायत फलफूलको व्यापारसमेत बढेको छ।


यसपालि मागअनुसारको केराको आपूर्ति नहुँदा उपभोक्ता समस्यामा परेका छन्। केरा अभावमा उपभोक्ता पोहोरभन्दा दोब्बर मूल्य तिरेर केरा किन्न बाध्य भएका छन्। गत वर्ष ३ सय ५० रुपैयाँ प्रति घरी बिक्री भएको केरा यसपालि ६ सय रुपैंयाँ तिर्नुपरेको छ ।

छठ पर्वकै लागि जनकपुरधामलगायत धनुषाको अन्य मन्डीमा १ सय ५० ट्रक केराको माग रहे पनि यसवर्ष ८० ट्रक केरा मात्रै आयात भएको साहले बताइयेको छ।

(Visited 22 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु