६६ यात्रु लिएर काठमाडौं आएको बिमान रनवेमा चिप्लियो, थप जानकारीको लागि फोटोमा क्लिक गर्नु होला ??


काठमाडौं : यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको धावन मार्गमा चिप्लिएपछि विमानस्थल बन्द गरिएको छ।विमान हटाउन लगायतका कामका लागि १ घन्टा विमानस्थल बन्द गरिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए।

विमानस्थलबाट सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रय उडानहरु रद्द गरिएका छन्। विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेका चारवटा उडान डाइभर्ट गरिएका छन्। नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, एअर अरेबिया, चाइना साउदर्नका जहाज अन्यत्र डाइभर्ट गरिएको हो।

६६ यात्रु लिएर नेपालगञ्जबाट काठमाडौं आएको एएम्एम् एटीआर ७२ जहाज अवतरणका क्रममा धानवमार्गबाट चिप्लिएको थियो। जहाजका सबै यात्रुहरु सकुशल छन्।काठमाडौँ । नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको

विमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।विमानस्थल प्रहरीका अनुसार यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

विमानस्थलका एसपी कृष्ण प्रसाद कोइरालाकाअनुसार जहाजमा रहेका सबै यात्रुलाई सकुशल निकालिएको र २ जनालाई चाहिँ उपचारको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ ।धावनमार्गमै जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध बनेको छ ।ल्हासाबाट काठमाडौं आएको सिचुवान एयरलाइन्स, कोलकताबाट काठमाडौं आइरहेको बुद्ध एयर र दोहाबाट काठमाडौं आइरहेको कतार एयरलाइन्स आकाशमा होल्ड भएको छ ।

त्रिभुवन विमानस्थल बन्द : विदेशवाट आएका जहाजहरु आकाशमै होल्ड

काठमाडौं २७ असार। त्रिभुवन विमानस्थल अहिले बन्द गरिएको छ । यती एयरको विमान धावनमार्गवाट चिप्लिएका कारण अहिले विमानस्थल बन्द गरिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ड्युटी अफिर (टिडिओ) विमानस्थल बन्द गरिएको जनाएका छ । अफिसरका अनुसार साढे ११ बजेदेखि सवा १२ बजेसम्म नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको हो । यो अवधिभित्र चिप्लिएर घाँसेमैदानमा धसिएको विमान निकाल्ने प्रयास भइरहेको छ ।

यतिको जहाज अवतरणको क्रममा रनवेबाट ट्याक्सी वेमा पुगेको छ। अवतरणको क्रममा यतीको एटीआर विमान धावनमार्गबाट चिप्लिएर २० मिटर पर पुगेको छ। यात्रु तथा चालकदलका सदस्यहरु सकुशल उद्दार गरिएको छ । विमानस्थलमा रहेका एक पाइलटले दिएको जानकारी अनुसार, यतीको एटीआर ११ बजेर ५ मिनेटमा अवतरण भएको थियो। अवतरण लगत्तै चिप्लिएपछि अन्य उडान अवरतण पनि रोकिएका थिए।

सवा १२ बजेसम्मपनि जहाज निकाल्न नसकिए पुनः नोटामको समय लम्बिने जनाइएको छ। हाल बंगलादेशबाट आएको विमान भारतको दरभंगामाथिको आकाशमा होल्डमा फन्को लगाइरहेको छ भने दोहाबाट आएको कतारको जहाज भारततर्फ डाइभर्ट भएको छ। विमानस्थल बन्द भएसँगै आन्तरिक र बाह्य उडान भर्ने तयारीमा रहेका जहाजको उडान प्रभावित बनेको छ। त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा रहेका जहाजहरु डाइभर्ट भएका छन् भने केही जहाज होल्डमा छन्।

अझै खुलेन अन्तर्राष्ट्रिय विमानस्थल, यतीको विमान हटाउन सकस

२७ असार, काठमाडौं । यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिएपछि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै उडान सुचारु हुन सकेको छैन ।

नेपालगञ्जबाट यात्रु लिएर आएको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मेदानमा पुगेको थियो ।

लगतै विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध हुँदै आएको छ । विभिन्न ठाउँ जान विमानस्थल पुगेकाहरु अलपत्र परेका छन् । नेपाल आउँदै गरेका अधिकांश विमान डाइभर्ट गरिएको छ ।

अहिले विमान हटाउने प्रयास भइरहेको छ । जहाजको एउटा पांग्रा हिलोमा गाडिएका कारण निकाल्न कठिन भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

‘पछाडिको एउटा पांग्रा हिलोमा गाडिएको छ । अहिले ज्याक लगाएर जहाज उठाएर पांग्रामुनी ठोस वस्तु राखेर बाहिर निकाल्ने तयारी भइररहेको छ’ उनले भने । हिलो र अधिक वर्षाका कारण काममा ढिलाइ भएको महाप्रबन्धक क्षेत्रीले बताए ।

विमान हटाउन समय लागेका कारण विमानस्थल कार्यालयले साँझ ५ बजेसम्म नोटाम जारी गरेको छ । ५ बजेसम्मका लागि नोटाम जारी गरे पनि जहाज पन्छाउन त्यसभन्दा बढी समय लाग्नसक्ने विमानस्थल कार्यालयको भनाइ छ ।

(Visited 67 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु