कमला नदीको बाढीमा ६० वर्षीय वृद्ध बिहानदेखि रुखमा झुन्दिएर ज्यान जोगाउदै : उद्दारको लागि हेलिकप्टर जाँदै


सिरहा : सिरहाको कर्जन्हा नगरपालिका-२ बन्दीपुरस्थित कमला नदीको बाढीमा फसेका वृद्धलाई हेलिकप्टरबिना उद्धार गर्न नसकिने भएको छ। ६० वर्षीय वृद्ध बेत्रु मुखिया कमला पुलको उतरपट्टी बाढीमा शुक्रबार बिहानदेखि फसेका छन्।

नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको उद्धार टोली तयारी अवस्थामा त्यहाँ पुगेका छन्। तर, वर्षा र नदीमा आएको अध्यधिक बाढीका कारण उनीहरु ती वृद्धलाई उद्धार गर्न सकेको छैन्।

घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीका अनुसार हेलिकप्टरबिना उद्धार हुने सम्भवना कम देखिएको छ। ‘अविरल वर्षाका कारण नदीमा बाढीको बहाव बढ्दोछ, ‘ उनले भने, ‘उद्धारका लागि हेलिकप्टर माग गरेका छौँ।’ वर्षाले गर्दा काठमाडौंबाट हेलिकप्टर उडान हुन नसकेको जानकारी आएको उनले बताए।

र यो पनि पढ्नुहोस्

काठमाडौंको कलंकी डुबानमा , खसीबजारका घरहरु एकतल्ला डुबे !

काठमाडौं : तीनदिनदेखिको अविरल वर्षाका कारण कलंकीको विभिन्न स्थान डुबानमा परेको छ । कलंकीको मैत्रीनगर र खसीबजार क्षेत्रका घरहरु डुबानमा परेका हुन् । बाढीको कारण कलंकीमा रहेका मालपोत कार्यलय, ट्राफिक कार्यलय तथा प्रहरी कार्यलय पनि डुबानमा परेको छ । सडक, घर जलमग्न भएपछि जनजीवन कष्टकर बनेको छ । खसीबजार र मैत्रीनगरका घरहरुको लगभग एकतल्ला डुबेको छ । त्यस्तै उता अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।


बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् । जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानको घरभित्र पानी पसेको छ ।जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ ।

(Visited 27 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु