घाइते भएर भौतारिरहेका कुकुरलाई प्राथमिक उपचार

चितवन । घाइते भएर भौतारिरहेका कुकुरलाई कुकुर तिहारको अवसरमा प्राथमिक उपचार गरिएको छ । पशु अधिकार संगठन चितवनले कुकुर तिहारको दिन आज नारायणगढ बजार क्षेत्रमा रहेको ३० भन्दा बढी कुकुरलाई मीठा परिकारसँगै उपचार गरेको पशु अधिकार संगठन चितवनकी सदस्य निशा सेढाइले बताइन ।
पशु अधिकारको क्षेत्रमा लागेका अधिकारकर्मीहरुले गरेको प्राथमिक उपचारको क्रममा मानवबाट पिटिएका घाइते कुकुरहरुको सङख्या उच्च रहेको संगठनका संयोजक श्रद्धा अधिकारी बताइन । अधिकारीका अनुसार बफादार जनावर कुकुर भएपनि मानिसमा अझै कसैलाई पीडा दिन हुन्न भन्ने चेतना नहुदा यस्तो अवस्था देखिएको हो ।
कुकुर तिहारको दिन सडक कुकुर खोज्दै हिडेका अधिकारकर्मीहरुले सडकमा देखिएका प्रायः कुकुरलाई प्राथमिक उपचार गरेको अर्का पशु अधिकारकर्मी सुराजन श्रेष्ठले बताए । सडकमा भेटिएका कुकुरको प्राथमिक उपचार रोहन खनालले गरेका थिए ।
प्रतिकृया दिनुहोस्