हजुरलाई थाहा छ ? आजको दिन एक मुखे रुद्राक्षको दर्शनले नसोचेको ठाउँबाट धन “लाभ” हुन्छ ।


गोर्खालि खबर:एकमुखे रुद्राक्ष यसको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिन्छ ।

विश्वासीहरूका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यसबारे उल्लेख छ, औषधीका रूपमा ।

सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख छ ।

लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ ।

यो शिवरात्री, पूर्णिमा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।

यो पनि पढ्नुहोस्
बाह्र कक्षामा पढिरहेका एक किशोरलाई आफू गलत छु भन्ने कुरा राम्रैसँग थाहा छ । तर, उनी ती गलत आचरणलाई सुधार्न चाहँदैनन् । ‘मेरी आमाको इगो धेरै छ, बुवा क्रोधी हुनुहुन्छ । आपसमा लडिरहन्छन्, अनि म किन र कसका लागि असल हुने ?’ उनको मान्यता छ ।

उनी यति धेरै निराश छन् कि बाल्यकालदेखि देखे, सुनेका र भोगका पीडा भावुक बन्दै पोख्छन्, ‘मैले कहिल्यै आमाबुवाको माया पाउन सकिनँ । बुवाले आमामाथि हात उठाउँदा मैले मेरो आमालाई नकुट्नुस् भन्दै आमाको खुट्टामा अँगालो हाल्दा पनि बुवाले मलाईसमेत लछारपछार पार्नुभयो ।’ त्यो दृश्य अहिले पनि उनको मानसपटलमा घुमिरहन्छ । ठूलो हुँदै गएपछि जब आमा–बुवाबीच झगडा हुन्थ्यो, त्यसबेला आफ्ना अगाडि उनले जे भेट्थे त्यसैले बाआमामाथि प्रहार गरिदिन्थे ।

कहिले आमा आएर आफूसँग बुवाको रिस पोख्ने, कहिले बुवा आएर आमाको चरित्रमाथि शंका–उपशंका गर्दै गाली गर्ने ! यी सब परिस्थितिले आफू निराश, कमजोर, दुःखी र नितान्त एक्लो महसुस हुने गरेको र यसैकारण गलत बानी बसेको खुलासा ती किशोरले गरे । पढाइ–लेखाइ गर्न त दिमाग स्वस्थ्य र मन शान्त हुनुपर्छ । घरायसी वातावरण प्रेरणादायी बन्नुपर्छ । त्यसको विपरीत यति धेरै अशान्त, कलह र आरोप–प्रत्यारोपको वातावरणले लाफूलाई बाँच्नुभन्दा मर्नु ठीक भन्ने सोचले लखेटिरहँदा नशा सेवनप्रति उनी आकर्षित भएको बताउँछन् । ‘आज नशाकै कारण आफू बाँच्न सफल भएको अन्यथा या त उहिल्यै आत्महत्या गर्थें, या त पागल भएर कता चिच्याउँदै दौडिरहेको हुन्थेँ होला ?’

ती किशोरको जीवनकथा सुन्दा यस्तो लाग्यो– हाम्रो समाजमा आमाबुवा बालबालिकाका लागि सचेतना कार्यक्रमको खाँचो छ । व्यक्ति, परिवार र समाजलाई अभिभावकत्व सचेतना दिनुपर्छ । जसले गर्दा अबोध सन्तानले आफ्नो जीवन सुरु गर्न नपाउँदै आमा–बुवाबीचको कलहले जीवन गुमाउन नपरोस् ।

एउटी १४ वर्ष मात्र टेकेकी किशोरीलाई पढाइ निरश र बोझिलो लाग्ने, विद्यालय जान मनै नलाग्ने, घरमा पनि बस्नै मन नलाग्ने भइरहन्छ । साथीहरू छुट्लान कि भन्ने डर लाग्ने तर साथीहरूसँग आफ्नो पीडा पनि पोख्न नसक्ने स्थितिमा उनलाई पनि आत्महत्याको लखेटिरहयो । उनले बीसवटा सिटामोल खाइदिइन् । बाँच्न त उनी बाँचिन् तर भन्छिन् ‘बाँच्ने रहर नै मरिसक्यो ।’

अर्का किशोरको पीडा पनि त्यस्तै छ । आमाबुवा सम्झ्यो अथवा देख्यो कि उनलाई रिस उठेर आउँछ । घरभित्र पस्न पनि मन लाग्दैन, ‘थाहा छ पढ्नुपर्छ भन्ने तर पढाइ सम्झ्यो भने टाउको फुट्लाजस्तै गरी दुख्छ । कहिलेकाहीँ त बेस्सरी रक्सी खाएर मनमा गाँठो परेको पीडालाई चिच्याइ–चिच्याइ पोखिदिऊँ कि सोच्छु ।’ तर, फेरि उनलाई बुझ्ने एउटी गर्लफ्रेन्ड छिन् । उनले के सोच्लिन् भन्ने डर लाग्छ रे । पीडालाई दबाउने क्रममा डिप्रेसन बढ्दै गएको र आफ्नो मानसिक स्थिति बिग्रेको गुनासो उनी गर्छन् ।

माथि उल्लेखित यस्ता पात्रहरू हुन् जसले हिजोआजका हजारांै किशोर–किशोरीको परिस्थिति र पीडालाई प्रतिनिधित्व गर्छन् । यी किशोर–किशोरीलाई आफ्नो उमेरको रहर, इच्छा, पढाइ र करियर एवं जीवनशैलीको भन्दा पनि बढी चिन्ता आफ्ना आमा–बुवाबीचको भनाभन, कलह र बैमनस्यताले ल्याएको लडाइँको छ । त्यही कलहले उनीहरूलाई विचलित बनाउने गरेको पाइन्छ । हरेक दिनजसो घरमा आमाबुवाको इगोको लडाइँ हुन्छ, एकले अर्कोलाई दोषी ठान्छन्, भावनालाई नबुझेको आरोप–प्रत्यारोप चल्छ, आफूलाई विश्वासघात गरेको ‘इमोसनल ब्लाकमेल’ गरेको कुरा सुन्दा घर र आमाबुवादेखि नै पर भाग्ने सोच पलाउँछ । यस्तै सोचले किशोर–किशोरी गलत बाटोतिर लाग्ने गरेका थुपै उदाहरण पाइन्छ ।

एउटी किशोरीले भनिन्, ‘आमा–बुवाबीच हुने झगडाको कारण म नै हुँ कि जस्तो लाग्छ । को सही को गलत, छुट्याउनै गाह्रो हुन्छ । ममी रुँदा बाबासँग रिस उठ्छ, बाबा रिसाएर कति दिनसम्म घर नआउँदा ममीसँग रिस उठ्छ ।’

वैवाहिक कलह पति–पत्नीबीचको नितान्त व्यक्तिगत झगडा हो । आर्थिक, सामाजिक, परिवारिक विषयसँग जोडिएको भावनात्मक असन्तुष्टिले कलह जन्माउँछ । तर पति–पत्नी दुवैले कारकतत्वको खोजी गरी त्यसलाई स्वस्थ व्यवस्थापन गर्न सकेमा यसले आफ्ना केटाकेटीमाथि पर्ने मनोवैज्ञानिक असरलाइ कम गर्न सक्छ ।

आमा–बुवाबीच झगडा नहोस् भनेर एक किशोरीले जब झगडा सुरु हुन्छ, कहिले जानाजानी आफू भ¥याङबाट लडेको त कहिले ट्वाइलेटमा चिप्लेको नाटक गरेर झगडालाई रोकिदिने गरेको सुनाइन् । अर्की एक किशोरी भन्छिन्, ‘आफू स्कुल गएको बेला आमाबुवा धेरै आवेगमा आएर केही दुर्घटना पो हुन्छ कि भन्ने चिन्ताले सताउँछ । पढ्न पनि सक्तिनँ र आमाबुवाको झगडा मिलाउन पनि सक्तिनँ ।’ उनलाई त्यसैत्यसै रुन मन मात्र लाग्छ, केही रमाइलो लाग्दैन, साथी, समाज, आफन्त र स्कुलले थाहा पाउला कि भनेर उनलाई डर पनि लाग्छ ।

आमाबुवा डिभोर्सको प्रक्रियामा रहेका अर्की किशोरी भन्छिन्, ‘आमाबुवा डिभोर्स गरेपछि मैले कसलाई छान्ने ? आमालाई छानौं बुवाले पनि मलाई औधि माया गर्नुहुन्छ, मेरो प्रायः माग बुवाले नै पूरा गरिदिनुहुन्छ । बुवालाई छानौं भने फेरि आमा एक्लै पर्नुहुन्छ । सँधैजसो आमाले बुवाको चरित्रमा शंका गर्नुहुन्छ । अर्को गर्लफ्रेन्ड छ भन्नुहुन्छ ।’ उनलाई चिन्ता छ– कतै डिभोर्सपछि बुवाले अर्को विवाह गरेमा बुुवाकहाँबाट आफू आमाकोमा फर्कनु राम्रो हुनेछैन । उनले बरु आफू होस्टेल बसिदिने योजना सुनाइन् । यो कस्तो पीडा, जुन गर्दै नगरेको गल्तीले पनि पोल्छ ? आमाबुवाको रिसको शिकार छोराछोरीले हुनुपर्ने ? उनीहरूको गल्तीको चोट छोराछोरीले भोग्नुपर्ने !

वैवाहिक एवं दाम्पत्य जीवनमा आउने वैमनस्थता र कटुतालाई समयै पति–पत्नीले संवेदनशील भएर बुझ्न सकेमा त्यसको बिकार छोराछोरी बन्ने छैनन् । बुद्धिमान् दम्पत्तिले सम्बन्धलाई चिस्याउँदै लैजानुभन्दा कारक तत्वको खोजी गरी सम्झदारीतर्फ बढ्न सकेमा स्वस्थ र शान्त पारिवारिक जीवन प्राप्त गर्न सकिन्छ ।

प्रायः हिजोआज एकल परिवारमा बसेका र पति–पत्नी दुवै कामकाजी भएको अवस्थामा यस्ता झै–झगडा र वैमनस्यता बढेको पाइन्छ । एकल परिवारमा पतिपत्नीले एक–अर्काको सामिप्यता खोजिरहने, त्यसमा पनि दुवै पढेलेखेका र जागिरे हुँदा काम तथा जिम्मेदारीको बाँडफाँडको अपेक्षा राख्ने पत्नीहरू धेरै छन् । यस्तो अपेक्षा पूरा नहुँदा मनमुटाव सुरु हुन्छ ।

पढेलेखेका पति–पत्नीबीचको बौद्धिक र आर्थिक लडाइँले पनि प्रश्रय पाएको छ । आर्थिक एवं बौद्धिक रूपले सबल महिलाहरूमा बलियो आत्मविश्वास हुन्छ । उनीहरू पतिको अगाडि कमजोर भएर झुक्ने स्वभाव नदेखाउँदा पुरुषप्रधान समाजमा हुर्केका पुरुषहरू अझ अहंवादी बनिदिँदा प्रायः सम्बन्ध बिग्रने गरेको पाइन्छ । कामकाजी महिला पतिको हेपाइ र गलत आचरणप्रति विद्रोहमा उत्रिहाल्छन् । उनीहरूप्रति औंला ठड्याइहाल्छन् । पुरुषको सानो गल्तीप्रति औंला उठाइहाल्छन् । यस्तो स्थितिले वैमनस्थतालाई बढाउने गर्छ ।

समाजशास्त्री भन्छन्, ‘एकल परिवारमा पति पत्नीलाई समाजले लगाउने अंकुश हुँदैन । को कहाँ गयो ? एकले अर्कोलाई सोधपुछ र स्वीकृति लिनुपर्दैन । घरमा कसैको डर हुँदैन । यस्तो स्थितिमा सामाजिक एवं नैतिक अंकुशको अभाव हुन्छ । मानिस स्वतन्त्र र छाडा हुन्छ । पति–पत्नीबीच कलह चुलिन सक्छ ।’ यसैगरी मनोविद्हरू भन्छन्, ‘स्वतन्त्र जीवनशैली मानिसको आन्तरिक इच्छा हो, जसको खोजीमा मानिस छाडा जीवनशैली अवलम्बन गर्नपुग्छ ।’ हो, जसको खोजीमा मानिस छाडा जीवनशैली अवलम्बन गर्न पुग्छ र त्यसमा अवरोध लाउने कसैमाथि पनि व्यक्ति आक्रामक एवं नकारात्मक बन्ने गर्छ । फलस्वरूप लामो समयसम्म सँगै उठबस गरेर नजिकबाट एकअर्कोलाई चिनेका दम्पति बीच पनि फाटो आउने गर्छ । फाटो आउन्जेल बच्चा जन्मिसकेको हुन्छ । बच्चालाई आमाबुवा दुवैको माया र साथ चाहिन्छ भन्ने महसुस हुँदाहुँदै पनि एक–अर्काप्रति उदार एवं धैर्यवान् गर्ने मानसिकतालाई उनीहरू व्यवहारमा उतार्न सक्दैनन् ।

बालमनोविज्ञान नबुझेका अथवा बालमनोविज्ञानलाई महत्व नदिने आमाबुवाहरूले आफ्ना केटाकेटीको मनोविज्ञान भन्दा बढी आफ्ना इच्छा, सन्तुष्टि र खुसीलाई प्राथमिकता दिने गर्छन् । यस स्थितिमा केटाकेटीको मनोभावनालाई आन्तरिक कलहले कति चोट पु-याउँछ भन्ने बारे सोच्न पनि सकेका हुँदैनन् । मनन्योग्य के छ भने जब हाम्रो औंलाका नङहरू बढ्छन् त्यसबेला हामी हाम्रो औंला काटेर फ्याँक्दैनौं, नङ नै काटेर फ्याक्छौं । त्यसैगरी पति–पत्नीबीच असमझदारी बढ्यो भने सम्बन्धलाई काटेर मिल्काउनुभन्दा त्यो असमझदारीलाई काटेर मिल्काउनु बुद्धिमानी हुन्छ । आपसी वार्तालाप एवं प्रयाशबाट असमझदारी हटाउन सकिएन भने काउन्सिलिंगमा जानुपर्छ ।

काउन्सिलरले कारक तत्वको सत्य तथ्य खोजी गरी स–सम्मानपूर्वक गल्तीको आत्मबोध गराई बिग्रेको सम्बन्धलाई सुमधुर बनाउन मद्दत गरिदिन्छ । तसर्थ डिभोर्स समस्याको समाधान होइन । यसले अन्ततः समस्यालाई बढाउने काम गर्छ । यो सत्यतालाई स्वीकारौं । आफ्नो मनोविज्ञानको असरले आफ्ना केटाकेटीको मनोविज्ञान र सुन्दर भविष्यलाई नै नाश हुनबाट जोगाऔं । –डा. गंगा पाठक ( लेखक मनोविद् हुन् ।)

(Visited 38 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु