हजार खोक्रा शब्दहरू भन्दा शान्ती दिने एक शब्द नै उत्तम हुन्छ – भगवान् गौतम बुद्ध


काठमाडौं – भगवान् गौतम बुद्धलाई शान्तिका दुत मानिन्छ । बिश्वकै लागी शान्तिका दुत मानिने भगवान् गौतम बुद्ध एक अन्तरज्ञानी थिए । गणराज्यको राजधानी कपिलवस्तु निकट लुम्बिनीमा जन्मिएका उनको बास्तबिक नाम सिद्धार्थ गौतम थियो। अहिले उनको उपदेश संसारभरका अनुयायीहरुले पालना गरिरहेका छन् । भगवान् गौतम बुद्धका उपदेशले अहिले संसारभरका मानिसहरुलाई सही बाटोमा ल्याएको छ । बौद्ध धर्मका प्रणेता समेत रहेका उनलाई अधिकांश बौद्ध परम्पराले मान्ने गर्छन् ।

बीसीको छैठौं शताब्दीमा जन्मिएर चौथौं शताब्दीमा निधन भएका उनका विचारहरु आज पनि उत्तिकै सान्दर्भिक छन् । उनका उपदेशहरु मानव जीवनलाई अर्थपूर्ण र उपयोगी बनाउने खालका छन् । उनका हरेक विचार उपदेशले जीवनमा सधैं अगाडि बढ्न धेरै सहयोग गर्दछ । उनका उपदेशले संसारका करोडौं मानिसहरुलाई उत्प्रेरणा दिएको छ । हेर्नुहोस् बुद्धका केहि उपदेशहरु छन् जसले तपाइलाई पनि सहि मार्गमा ल्याउन सहयोग गर्छ । जीवनमा सानो कुराबाट सुरुवात गर्नु खराब कुरा हैन, यो राम्रो कुरा हो ।

शङ्का गर्नु एउटा भयानक बानी हो जसले दुई व्यक्तिप्रतिको आत्मियता र मित्रतालाई तोडिदिन्छ । जो ब्यक्ति आफ्नो रिसलाई नियन्त्रण गर्न सक्दछ, उसलाई कहिले पनि दुःख हुदैन ।तपाईले आफ्नो क्रोध, रिस र रागका लागि सजायँ भोग्नुपर्दैन किनकी क्रोध, रिस र राग आफैँमा सजाय हो ।एउटा बलिरहेको दियोले अरु हजारौँ दियो बाल्न सक्छ । वितेको समयका बारेमा ध्यान नदिनुहोस, भविष्यको बारेमा नसोच्नुहोस ।हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ ।

(Visited 6 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु