विप्लवका छोरालाई मेडिकल कलेज सञ्चालकले दिए ज्या न मा र्ने ध म्की !

Loading...
इमेची संवाददाता | प्रकाशित भएको : October 25th, 2019

काठमाडौं । अ वैध शुल्क विरुद्ध नेसनल मेडिकल कलेजका विद्यार्थीले थालेको आन्दो लनमा ऐक्यवद्धता जनाउँन वीरगन्ज पुगेका चिकित्सा शिक्षा संघर्ष समितिका अध्यक्ष प्रकाश चन्द लाई ज्या न मा र्ने ध म्की आएको छ ।

वि द्रोही नेता नेत्र विक्रम चन्द ‘विप्लव’का छोरा समेत रहेका प्रकाशलाई नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्धिन अन्सारीले ‘ला स’बनाइदिने ध म्की दिएको चन्दले बताएका छन् ।

चन्द सहितका विद्यार्थीहरु चितवनबाट बिहिबार अ वैध शुल्क असुली विरु द्धको आन्दो लनमा सहभागिता जनाउँन वीरगन्ज पुगेका थिए ।

नेसनल मेडिकल कलेजले एउटै विद्यार्थीबाट १२ देखि १५ लाख शुल्क बढी असुलेपछि उक्त कलेजमा आन्दोलन जारी छ ।

मेडिकल सञ्चालक अन्सारीले ‘सिएमसीमा विद्यार्थीको ला स फर्काउने’ ध म्की दिएको भन्दै संयोजक चन्दले अन्सारी वि रुद्ध कि टानी जाहेरी दिने जानकारी दिए।

प्रधानमन्त्रीसँग खिचेको फोटो देखाएर कलेजका अन्य विद्यार्थीलाई अन्सारीले ड र ध म्की देखाएको समेत चन्दले बताए ।

अन्सारीले फेसबुकमा राखेको फोटोको दू रुपयोग गरेको भन्दै प्रधानमन्त्री कार्यालयले तत्काल कदम चाल्नुपर्नेमा चन्दले जोड दिए ।

प्रदर्शनमा सहभागी हुने विद्यार्थीमाथि बिहिबार राति ११ बजे होस्टेलमा भाडाका गु ण्डा लगाएर बन्ध क बनाएर कु टपिट गरिएको चन्दको आ रोप छ ।

अवैध असुली वि रुद्ध देशैभरि संर्घष जारी राख्ने र कुनै हालतमा पछाडी नहट्ने उनले बताएका छन् ।

उनले भने,‘सम्मानीय प्रधानमन्त्रीज्यू, तपाईसँग खिचेको तस्विरको अन्सारीले दुरुपयोग गरिरहेका छन् । यसबारेमा हामी तपाईको ध्यानाकार्षण गराउन चाहन्छौं ।’ विद्यार्थीसँग च र्को शुल्क अ सुल्ने अन्सारीजस्तालाई राजनीतिक संरक्षण नदिनपनि उनले प्रधानमन्त्री ओलीसँग आग्रह गरे ।

चन्दले मेडिकल माफि याहरुले राज्य संयन्त्रलाई नै प्रभावमा पारेर विद्यार्थीमाथि चरम द मन र शो षण गरेको हो भने आफूहरु सडक संघर्षमा एप्रोसनसहित कडा रुपमा उत्रिने चेतावनी दिए । उनले भने,‘निजी मेडिकल कलेजबाट बढि शुल्क फिर्ता गराउने कुरामा सरकारलाई हाम्रो तर्फबाट पूर्ण सहयोग रहन्छ ।’

तर, प्रधानमन्त्री ओलीले थ्रे ट गर्नुपर्ने मान्छेसँग तस्विर खिचाएर उल्टै संरक्षण गर्नु दुर्भाग्य भएको पनि उनको टिप्पणी छ । शक्तिको आडमा बसेर अन्सारीले विद्यार्थीहरुको गाडी तोडफोड गर्न लगाएको घट्नाको पनि उनले कडा निन्दा गरे ।

उनले भने,‘विद्यार्थीको गाडीमाथि किन तोड फोड भयो ? यसको प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिन्छ ।’ आफूहरुको माग पूरा नभएसम्म एमबिबिएसको पहिलो र दोस्रो वर्षको वार्षिक परीक्षा हुनै नदिने पनि उनले चेता वनी दिए । उनले आफूहरुले उठाएको विषय कुनै संघ, संस्थाको भन्दापनि राष्ट्रको विषय भएको स्पष्ट पारे ।

त्यस्तै, कार्यक्रममा समितिका प्रवक्ता नरेश भट्टले पनि नेश्नल मेडिकल कलेज वीरगन्जमा हिजो घटेको घट्नाको निन्दा गरे । भट्टले मुलुकबाट निरंकुशता हटेको भनेर दाबी गरिएपनि हिजोको घट्नाले अझै पनि मुलुकमा निरंकु शताको अव शेष बाँकी नै रहेको टिप्पणी गरे । उनले भने,‘विद्यार्र्थीहरुले शान्तिपूर्ण आ न्दोलन गर्दा कलेज प्रशासन, खासमा सञ्चालक अन्सारी आफैं उपस्थित् भएर विद्यार्थीमाथि हात पात, कुट पिट र अमान वीय व्यव हार भएको छ । यो हाम्रो लागि कुनैपनि हालतमा क्षम्य छैन् । हामी निरन्तर संघर्षमा छौं ।’

उनले सरकारले मेडिकल माफि याहरुलाई तत्काल कारबा हीको दा यरामा ल्याउनुपर्नेपनि माग गरे । उनले भने,‘हिजोको वीरगन्जमा भएको घ ट्ना चिकित्सा आन्दोन लकै का लो दिनको रुपमा हामीले लिएका छौं ।’ उनले आफूहरुले संघर्ष समिति गठन गरेको नै दुई महिना व्यतित भएको र यो बीचमा बढि शुल्क फिर्ता गर्ने सहमति भएतापनि अहिलेसम्म कार्यान्व्यन नहुनु दुः खद् भएको टिप्पणी गरे ।

आफूहरुले चलचित्रमा देखिने गुण्डाराजभन्दापनि च र्को गु ण्डाराज नेश्नल मेडिकल कलेजको प्राङगणमा देख्न पाईएको पनि उनको भनाई छ । उनले अहिलेपनि नेश्नल मेडिकल कलेजका विद्यार्थीहरु आफ्नै छात्रावासमा सुरक्षित नभएको पनि बताए । यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा संघर्ष समितिकी सदस्य मान्यता थापाले विद्यार्थीहरुमाथि द मन गर्ने र हात पात गर्ने मेडिकल कलेज सञ्चालक अन्सारीसँग प्रधानमन्त्री ओलीको किन साँठगाँठ भन्दै प्रश्न गरिन् । उनले भनिन्,‘हिजो वीरगन्ज मेडिकल कलेजका सञ्चालक अन्सारीले आफैं विद्यार्थीमाथि ला त हानेको छ ।’

उनले विद्यार्थीहरु अहिले शोषित र पीडित भएको सुनाउँदै राज्य भने कानूनविहीन बनेको पनि टिप्पणी गरिन् । थापाले मेडिकल कलेजको नाममा माफि यागिरी गर्नेहरुको भण्डाफोर गर्दै उनीहरुलाई जे ल पठाउनुपर्ने पनि बताईन् ।

कार्यक्रममा समितिका अर्का सदस्य नसिम अख्तारले हिजोको घट्नापछि ‘न्याय नपाए गोरखा जानु र अन्याय हेर्न वीरगन्ज जानु’ भन्ने उक्ति लागु भएको पनि सुनाए । अन्सारीले आफूहरुलाई वीरगन्जबाट लाश बनाएर पठाईदिन्छु भन्दै धम्की दिएकोमा पनि कडा आपत्ति जनाए । सरकारले दोषीमाथि तत्काल कारबाही गर्नुपर्ने पनि उनको माग छ ।

त्यस्तै, कार्यक्रममा अर्का सदस्य प्रविण स्याङतेनले हिजोको घट्नाबाट विद्यार्थीको अधिकारमाथि चरम दमन भएको टिप्पणी गरे । संविधानकै मौलिक हकको रुपमा स्थापित विद्यार्थीको अधिकार सुनिश्चित गर्न सबै सरोकारवाला ग म्भिर हुनुपर्ने बताए । विद्यार्थीसँग लिईएको बढी शु ल्क तत्काल फिर्ता गर्नुपर्ने पनि उनले माग गरे ।

विद्यार्थीमाथि गु ण्डा लगाएर कु टपिट गराउने अन्सारीलगायत दोषीमाथि कडा कारबाही गर्नुपर्ने पनि उनको माग छ । त्यस्तै, शिक्षामन्त्रीले दुई पटकसम्म बढि शु ल्क फिर्ता गर्छु भनेर सार्वजनिक प्रतिब द्धता गर्दापनि अहिलेसम्म कुनै कार्यान्वयन नभएको उनको गुना सो छ । गृहमन्त्रीले पनि यसबारेमा पटक पटक वचनबद्धता व्यक्त गरेको तर, विद्यार्थीको हितको लागि कुनै कदम नचालेकोमा पनि उनले आक्रो
श पोखे ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु