बसको ठक्करले कुखुराको भाले मरेपछि चक्काजाम


८ कात्तिक, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका-१४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन्। उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयहरुले सडकमा ढुंगा, काठ, बाँस राखेर सडक अवरुद्ध पारेका थिए ।

खैराहा-कोठारी सडकखण्डमा चल्ने बसले स्थानीयको भाले मारेर भागेपछि बिहीबार दिउँसो केहीबेर स्थानीयले सडक अवरुद्ध पारेको जानकारी आफूले पाएको वडा सदस्य वन्धु चौधरीले बताए ।


वडा सदस्य चौधरीले सँग भने, ‘भालेलाई ठक्कर दिने बस क्षतिपूर्ति नदिइकन भागेपछि स्थानीय युवाहरुले झण्डै एकघण्टा सडकमा काठ तेर्साएर सडक अवरुद्ध पारेका रहेछन् । बस व्यवसायी र पीडित पक्षबीच २ केजी भालेको १ हजार २ सय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि सडक खुलेको रहेछ ।’

(Visited 19 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु