कश्मीर भिड न्तको दुई दिन अघि गमिनले भनेका थिए- ‘अब भेट्न पाईँदैन होला’


प्रेम सुनार
बुटवल , कार्तिक ८ । गत शनिवार राति भारत पाकिस्तानको सीमा क्षेत्रमा पाकिस्तानी सैनिकहरु संगको भिड न्तमा ज्या न गुमाएका २१ बर्षीय गमिन श्रेष्ठको श वको अस्तु समेत ल्याउन नपाई परिवाजन फर्किएका छन् । रामपुर नगरपालिका ४ सतवर्तका रुद्रनारायण श्रेष्ठका कान्छा छोरा थिए गमिल ।

छोराको श व बुभ्mन भनि दिल्ली पुगेका बाबु रुद्रनारायण र दाजु गणेशमान श्रेष्ठ गमिनको श व भारतिय सेनाले नै वानरसको काँशीघाटमा सलामी अर्पण गदै दाहसं स्कार गरेकोले आफुहरुले अ स्तु समेत नल्याई फर्किएको बताए ।

भनेका थिए अब भेट्न पाईँदैँन होला

गमिनका दाजुले गला अवरुद्ध पार्दै भने- ‘भाईले घटनाको दुई दिनअघि मात्र मलाई फोन गरेर भन्दै थियो- दाई तँ विदेशबाट घर आएर पनि भेट्न पाईएन, अब म जंगल पस्दै छृु (लडा ईमा जाँदै छृु ) त्यहाँ गए पछि फोन सम्पर्क पनि हुँदैन, सायद अब भेट्न पनि पाईदैँन होला ।’

गमिनका बाबु रुद्रनारायण पनि जेठा छोरासंग फोनमा गरेका तिनै कुराहरु स्मरण गर्दै छोरा प्रति वि लौना पोख्छन । उनले भने- ‘उसले दाजुलाई भनेको रहेछ बाबु आमाको हेरविचार गर्नु समेत भनेर ।’

उनीहरु छोराको अ स्तु समेत नलिई फर्केपछि त्यस परिवारमा थप सन्नाटा छाएको छ । शोकाकुल परिवार र छिमेकमा आँशु थामिन सकेको छैन ।

९७ बर्षीया हजुरबुवा काज किरिया गर्दै

उनका छिमेकी कृष्णप्रसाद आचार्यका अनुसार गमिनका हजुराबुबा जि वित भएका कारण बाबुले उनको का ज कि रिया गर्न नहुने भएकोले उनका ९७ बर्षीय हजुरबुवाले छोरा रुद्रनारायणको सहयोगमा का ज कि रिया बस्ने भएका छन् । आज शुक्रवार गमिनको ज्या न गएको ७ तिथिमा भएको छ ।

हजुर बुवा बृद्ध र अशक्त भएका कारण नाति गमिनको मृत्युको ९ दिन देखि काज कि रिया सुरु गरिने भएको आचार्यले बताए । गमिनकी हजुर-आमा , आमा र भाउजुहरुलाई स्थानीयले सम्झाउन बसिरहे पनि उनलाई नातीको यादले अझैँ छोडेको छैन् ।

परिवारका कान्छा छोरा गमिन कक्षा १२ अध्यान गर्दै गर्दा २७ महिना अघिमात्र भारतिय सेनामा भर्ति भएका थिए । भारत-पाकिस्तान सीमा क्षेत्रमा गएको करिव १ महिना भए थियाे ।

उनले भर्ति हुनुपूर्व भाकल गरे अनुसार गएको चैते दशैंमा घर आएर पञ्चवली भाकल चढाएर बैशाख महिनामा हाँजिर हुन भारत गएका थिए ।

घटनाको दिन अघि उनले बाबु-आमालाई फोन गरेर आत्तिनु पर्दैन, अरुले भने जस्तो यहाँको अवस्था छैन भनेर भनेका थिए ।

(Visited 12 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु