एसि’ड पीडित मुस्कानको प्रधानमन्त्रीलाई पत्र-‘म त्यो ठाउँमा भएको भए ते’जाव हान्नेलाई फाँ’सी दिन्थें’


काठमाडौं। एसि’ड आक्र’मणमा परेर उपचार गराइरहेकी किशोरी मुस्कान अन्सारीले प्रधानमन्त्रीसँग आक्रमणकारीलाई फाँ’सी दिन माग गरेकी छिन् । मुस्कानको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । कक्षा ९ मा अध्ययरत वीरगञ्जकी खातुनमाथि स्कुल जाने क्रममा २० भदौमा एसि’ड आक्र’मण भएको थियो ।


एसि’ड आक्रमण गर्ने माजिद मियाँ र सम्साद मियाँलाई पक्राउ गरी ज्या’न मा’र्ने नियत तथा तेजाब लगायत अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारेको मुद्दा दर्ता गरेको थियो । अदालतका अभियोग पक्षले माजिदलाई १० वर्ष कै’द र १ लाख जरिवाना तथा सम्सादलाई ५ देखि ८ वर्ष कैद र १ लाखदेखि ५ लाखसम्म जरिवाना माग दाबी सहित मुद्दा दर्ता गरेको भए पनि जिल्ला अदालतले दुवै नाबालिग रहेको भन्दै सुधार गृह’मा पठाइएको छ ।

प्रधानमन्त्रीलाई लेखेको चिठ्ठीमा खातुनले त्यसप्रति असन्तुष्टि जनाएकी छन् । उनले भनेकी छन्, प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजा’ब हान्ने अपराधी’लाई फाँ’सी दिन्थे होला ।’ उनले केही वर्ष पहिले सीमा बस्नेत र संगीता खड्कामाथि ए’सिड आक्रमण भएको बेला नै कडा कानुन बनाइदिएको भए आफू अहिले यो अवस्थामा नै आउने थिइन होला समेत भनेकी छन् ।

यस्तो छ उनको पत्र –

मिति :२०७६/७/५

माननीय प्रधानमन्त्रीज्यू
म मुस्कान खातुन अन्सारी

मेरो तर्फबाट नमस्ते । म एउटा तेजा’ब आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । यो घटना मसँग घट्यो । यो घटनाको पी’डा भनेको ठुलो पी’डा हो । पहिले सीमा बस्नेत र संगीता खड्कालाई ए’सिड आक्र’मण भएको बेला कडाभन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला । प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए ते’जाब हान्ने अपरा’धीलाई फाँ’सी दिन्थे होला ।

यसपाली ए’सिड आक्रम’णकारीले ठुलो भन्दा ठुलो सजा’ए पाओस् ता कि म जस्तो एउटा बलिकामाथि या चेलीबेटी कसैमाथि ते’जाव आक्र’मण नहोस् । मैले जति पी’डा खपेको छु, त्यो पी’डा अरु कोही माथि पनि नहोस् । यो पी’डा भनेको सानो पी’डा होइन । एउटा देशको ठूलो पी’डा हो । आमा र बुवाको पनि पी’डा धेरै ठुलो पी’डा हो । यो पी’डा कसैको आमा र बुवाले खप्नु नपरोस् । त्यो दोषी’लाई यसपालि ठूलो भन्दा ठुलो सजा’य होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ । हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पी’डा बुझिदिनु होस्। यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलीबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ ।

धन्यवाद

उनले दुई तिहाईको बहुमत प्राप्त सरकारको प्रधानमन्त्री भएकाले आफ्नो पिडा बुझेर उचित कानून बनाउम माग गरेकी छिन् । उनले आफु प्रधानमन्त्रीको स्थानमा भएको भए अपराधीलाई फाँसीको सजाय दिने समेत उल्ल्ेख गरेकी छिन् ।

(Visited 23 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु