कम्युनिष्टहरु अर्को निर्वाचनमा पत्तासाफ हुन्छन : सहमहामन्त्री महत


सिन्धुपाल्चोक । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले आगामी निर्वाचनमा नेपालमा कम्युनिष्टहरुलाई पत्तासाफ बनाएर नेपाली कांग्रेसले बहुमत ल्याउने बताउनु भएको छ ।

बिहीबार सिन्धुपाल्चोकको बारबिसेमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महतले कम्युनिस्टहरुले गत निर्वाचनमा भ्रमको खेती गरेर जनताको मत आफू तिर तानेको भन्दै अब ती सबै कुरा जनताले बुझिसकेको पनि जिकिर गर्नुभयो ।

महतले गाउँमा बिकासश गर्न बाटोको आवश्यकता पर्ने भन्दै नेपालमा जति पनि बाटाघाटा बनेका छन् ती अधिकांश नेपाली कांग्रेस नेतृत्वको सकारले बनाएको पनि प्रष्ट पार्नुभयो ।

उहाँले शिक्षाको बिकाशमा पनि कांग्रेसको जति योगदान अरु पार्टी नगरेको उल्लेख गर्नुभयो। उनले कांग्रेसमा आफैले आफ्नैलाई हराउने खेल भएको भन्दै त्यतातिर कार्यकर्ता नलाग्न आग्रह गर्नुभयो।

सहमहामन्त्री महतले नेकपाका अध्यक्ष केपि ओलि नेतृत्वको सरकारले कर माथी कर बढाएर नेपालमा उद्योग धन्दा खोल्ने वातावरण समेत बिथोलेको आरोप लगाउनुभयो । उद्योग धन्दा नबढे रोजगार नबढ्ने र रोजगार नबढे देश समृद्ध नबन्ने भन्दै सहमहामन्त्री महतले सरकारलाई लगानीमैत्री वातावरण बनाउन आग्रह गर्नुभयो ।

(Visited 21 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु