फ्रिजलाई दुर्गन्धबाट बचाउने केही घरेलु उपाय । अरुले नपढेपनि गृहणीहरुले अवश्य हेर्नुहोस्


किचनमा प्रयोग हुने निकै महत्वपूर्ण सामग्री हो, फ्रिज । खानालाई ताजा अवस्थामा राख्नेदेखि सागसब्जी र अन्य छिट्टै बिग्रने खानेकुरालाई लामो समयसम्म सुरक्षित राख्न यसको प्रयोग हुन्छ । यो घरमा प्रयोग हुने सबै प्रकारका खानाका लागि एउटा भण्डारसमेत हो । फ्रिजभित्र राखेका यी खानेकुराको गन्ध आउन थाल्यो भने सिंगो किचनलाई नै दुर्गन्धित बनाइदिन सक्छ ।

फ्रिजलाई यस्तो गन्धबाट मुक्त गर्न विभिन्न प्रकारका कृत्रिम र रसायनयुक्त औषधी पनि प्रयोग गरिन्छ । तर रासायनिक प्रयोगको सट्टा केही घरेलु तरिकाले पनि फ्रिजलाई सफा र सुगन्धित बनाउन सकिन्छ ।

फ्रिजलाई दुर्गन्धबाट बचाउने केही घरेलु उपाय

कागती

कागती एउटा तीक्ष्ण फल हो । यसले तत्कालै फ्रिजमा रहेका सम्पूर्ण दुर्गन्धलाई सोस्छ । कागतीलाई काट्नुहोस् र काटेको टुक्रालाई फ्रिजमाथि फर्काएर राख्नुहोस्, केही मिनेटमै फ्रिजको गन्ध हराउँछ । जति ठूलो फ्रिज हुन्छ, त्यति नै बढी कागतीका टुक्रा राख्नुपर्छ । आधा कागतीलाई फ्रिजको ढोकामा राखिदिनुहोस् र अर्को आधा टुक्रालाई एउटा मध्यम आकारको फ्रिजको ट्रेमा राख्नुहोस् । काटेको कागतीलाई करिब आधा घन्टा फ्रिजभित्र राखिदिनुहोस् । फ्रिजको पूरै दुर्गन्ध हट्छ ।

सुन्तलाको बियाँ

फ्रिजको गन्ध हटाउन सुन्तलाको बियाँ पनि प्रयोग गरिन्छ । पाकेको सुन्तलाका बियाँ निकाल्नुहोस् । ती बियाँलाई केही बेर थिच्नुहोस तर त्यसलाई धेरै मसिनो भने नबनाउनुहोस् । हल्का पिसेको बियाँलाई फ्रिजको ट्रेमा राखिदिनुहोस् । सुन्तलाको बियाँले फ्रिजभित्रको सम्पूर्ण नराम्रो गन्धलाई सोसिदिन्छ र फ्रिजलाई स्वस्थ बनाउनुका साथै फ्रिजमा मगमग बासना आउँछ ।

सोडा

सोडामा पानी र अन्य तरल पदार्थको गन्धलाई सोस्न सक्ने क्षमता भएकाले फ्रिजको नमिठो गन्ध हटाउन यसको पनि प्रयोग गर्न सकिन्छ । फराकिलो मुख भएको एउटा कचौरामा दुई, तीन चम्चा सोडा राखी फ्रिजभित्र राखिदिनुहोस् । यसले फ्रिजलाई दुर्गन्धबाट मुक्त मात्र पार्दैन, फ्रिजमा छुट्टै ताजा बासना ल्याउँछ । एकपटक फ्रिजभित्र सोडा राखेपछि एक महिनासम्म फ्रिज गन्हाउने सम्भावना बिरलै हुन्छ । हरेक एक, एक महिनामा दुई, दुई चम्चा सोडा राखेर कचौरा फ्रिजभित्र राख्न नभुल्नुहोस् ।

(Visited 12 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु