चाबहिल चोक नजिकैको चार तले घर भत्कियो, केही घाइते


काठमाडौँ । चाबहिल चोक नजिकै रहेको चार तले घर भत्किएको छ । चाबहिल चोकबाट चुच्चेपाटी जाने मुख्य सडकको छेउमा रहेको घर बुधबार दिउँसो भत्किदा केही मजदूर घाइते भएका छन् ।

उक्त घर भत्किँदा मानिस समेत पुरिएको आशंका गरिएको छ । घर भत्किएपछि मानिस रहेको आशंकामा भत्किएको भागलाई डोजर लगाएर पन्छ्याउने काम भइरहेको छ ।

उक्त घर पुरानो भएकोले केही दिनअघिबाट क्रेन प्रयोगगरी भत्काउन थालिएको थियो । तर, आज भत्काउन थालिएको उक्त घर ढलेको हो ।

घाइते कामदारमध्ये एकजनाको चाबहिलस्थित मेडिकेयर अस्पतालमा र अर्कोको दीर्घायु अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको पहिचान खुल्न सकेको छैन।

(Visited 11 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु