जनकपुरमा गोली चल्यो, एक जनाको मृ त्यु


जनकपुर : जनकपुरधाममा आज बिहान गोली प्र हार गरेर एक जनाको ह त्या गरिएको छ । आज बिहान करीब १० बजे तिर जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ मुजेलियाका पंकज चौधरीले गोली चलाउँदा जनकपुर– १ का मनोज साहको मृ त्यु भएको हो ।

मनोजसँग पंकजले ऋण लिएकाले त्यही ताकेता गर्न जाँदा गो ली हा नी ह त्या गरेका हुन् । गोली प्रहारबाट मृ त्यु भएका मनोजको शव परीक्षणका लागि जनकपुर अंचल अस्पतालमा राखिएको छ ।

गोली प्रहार गरेका चौधरी जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेका छन् । प्रहरी हिरासतमा रहेका चौधरिको साथ बाट प्रहरीले एक थान अटोमेटिक पिस्तौल र त्यसमा लाग्ने गोली १९ थान र एक थान नलकटुवा पिस्तौल र त्यसमा लाग्ने तीन राउण्ड गोली बरामद गरिएको छ ।

(Visited 19 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु