दुर्गादेवीले पाइन् नगरपालिकामा जागिर

२५ असार, कञ्चनपुर । कञ्चनपुरकी दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन् । उनलाई दैनिक हाजिरीमा काम गर्ने गरी नगरपालिकाले नियुक्त गरेको हो ।

पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि मानवीय हिसाबले नियम कानुनभित्र रहेर ‘डोर हाजिरी’मा नियुक्ति दिइएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए । दुर्गादेवीले चार पाँच महिनादेखिनै जागिरका लागि आफूलाई आग्रह गरेको र लामो छलफलपछि नियुक्ति दिइएको उनले बताए ।

फाइल तस्विर भिमदत्त नगरपालिका परिसरमा तस्विर खिचाउँदै नगरपालिका कर्मचारी ।

मेयर विष्टले भने छोरी रहिनन् । श्रीमानले हेर्दैनन् भनेपछि मानवीय हिसाबले पनि नगरपालिकाले उहाँको लागि सहयोग गर्नुपर्ने नै भयो । हामीले उहाँको निवेदन अनुसार दैनिक हाजिरीमा कार्यालयमा सघाउने भनेर काम दिएका छौं । उहाँको योग्यताका कारण पनि कार्यालय सहयोगीको जागिर दिनुपर्ने हो तर हामीले कार्यालय सहयोगी भनेका छैनौं ।’

नि!र्म!लाको लागि न्याय माग्ने क्रममा ज्या!!न गुमा!!एका सन्नी खुनाकी आमा मञ्जुलाई यसअघिनै सोही प्रकृतिको जागिर नगरपालिकाले दिइसकेको मेयर बिष्टले बताए । उनले निर्मला र सन्नी खुना दुवैका परिवारलाई नगरपालिकाको तर्फबाट यसअघिनै तीन तीन लाख रुपैयाँ राहत उपलब्ध गराइएको समेत जानकारी दिए ।

विद्यालयमा निर्मलाको स्मृति पार्क

यसैबीच भीमदत्त नगरपालिकाले नि!!र्म!!ला प!!न्तको सम्झना रहिरहोस् भनेर उनी पढेको विद्यालयमा निर्मला स्मृति पार्क निर्माण गर्ने भएको छ । नगरपालिकाले वडा नम्बर २ को उल्टाखामस्थित सरस्वती मावि परिसरमा करीव ७ लाखको लगानीमा स्मृति पार्क निर्माण गर्न लागेको मेयर विष्टले बताए ।

नगरपालिकाले नि!!र्म!ला का!ण्डपछि महिलाको सुरक्षाका लागि विद्यालयदेखि विश्वविद्यालयसम्मका छात्रालाई सेल्फ डिफेन्स तालिम दिन थालेको छ । मेयर बिष्टका अनुसार पहिलो चरणमा प्रत्येक सामुदायिक विद्यालयका पाँचजना छात्रालाई तालिम दिएर प्रशिक्षकमा रुपमा खटाइएको छ ।

(Visited 79 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *