काठमाडौँ । खानेपानी मन्त्री बिना मगरले देशै भरिको खानेपानी र सरसफाइको गुरु योजना बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजना गरेको दुई दिने योजना कार्यशाला गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताको आवश्यकतालाई ध्यान दिएर सामूहिक रूपमा योजना निर्माण गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो ।

सम्बोधन कार्यक्रममा बोल्दै मन्त्री मगरले कर्मचारीहरुलाई पहुँचको भरमा भन्दा पनि सामूहिक तहमा योजना बनाएर अगाडी बढ्न सुझाव समेत दिनुभयो । उहाँले योजना छनौट गर्दा खानेपानीको अति आवश्यकता भएको क्षेत्रलाई ध्यान दिनुपर्ने भन्दै “मन्त्रालय र विभागमा आएर योजना माग्नेलाई होइन जटिलतम आवश्यकता हेरेर योजना बनाउन कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

वैज्ञानिक हिसाबले दीर्घकालीन महत्त्व राख्ने खालका कार्यक्रम र योजना बनाउनु पर्ने बताउदैँ उहाँले विकासका लक्ष्यहरु हासिल गर्ने वैज्ञानिक हिसाबका योजनाहरु बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री मगरले घण्टौ घण्टा पानी लिन जानुपर्ने क्षेत्रलाई बढी प्राथमिकता दिएर काम गर्न र योजना बनाउदा भोलिको टीमले आत्मसात् गर्ने खालको बनाउन निर्देशन दिनुभयो ।

(Visited 17 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *