विश्वकप जित्ने भारतको सपना चकनाचुर ! ट्रोलको शिकार बन्न थाले कप्तान विराट कोहली

Loading...
ईमेची डेक्स | अन्तिम पटक अपडेट गरिएको : October 24th, 2019,

इमेची डेक्स ।

२५ असार, काठमाडौं । विश्वकप क्रिकेटको उपाधि जित्ने भारतको सपना चकनाचुर भएको छ । लिग चरणमा तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको भारत न्युजिल्याण्डसंगको सेमिफाइनल खेलमा भने १८ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

यो हारमा भारतका शीर्ष तहका ब्याट्सम्यानको घमण्ड र लापरवाही थियो । निकै फर्ममा रहेका रोहित शर्माले न्युजिल्याण्डलाई कमजोर ठान्दा १ रनमै विकेट गुमाए । न्युजिल्याण्डले दिएको २४० रनको लक्ष्यलाई सहज ठान्दा कप्तान विराट कोहली र राहुल पनि एक–एक रनमै आउट भए । उनीहरुले न्युजिल्याण्डका बलरले फालेको बललाई अध्ययन नै नगरी ठूलो सट खेल्न प्रयास गर्दा विकेट गुमाउन पुगे ।

बल्लतल्ल विश्वकपमा मौका पाएका रिसव पन्तले आफना स्वभाविक खेल खेल्नुपर्नेमा बढी नै सतर्क हुँदा आउट हुन पुगे । उनले ३२ रन बनाए । यस्तै, आक्रामक ब्याटिङ गर्न खप्पिस दिनेश कात्तिक व्यक्तिगत ६ रनमा आउट भए । उनले पनि स्वभाविक खेल नखेली बढी होशियार भएर टेष्ट म्याचको हिसाबमा खेल्दा आउट हुन पुगे ।

भारतका लागि रविन्द्र जडेजा बाहेक कसैको पनि ब्याटिङ राम्रो रहेन । जडेजाले ५९ बलमा ७७ रन बनाए । आफनो पारीमा उनले ४ चौका र ४ छक्का प्रहार गरे । महेन्द्र सिंह धोनीको प्रदर्शन औसत रह्यो । उनी ५० रन बनाएकाबेला दुई रन जोड्नेक्रममा दुर्भाग्यवशः रनआउट हुन पुगे । उनी क्रिजमा भएको भए नतिजा भारतको पक्षमा हुने सम्भावना कायमै थियो ।

यो खेलसँगै भारतको विश्वकप क्रिकेट जित्ने सपना चकनाचुर भएको छ । खेलाडीका हिसाबमा कप्तान विराट कोहलीको आलोचना सुरु भैसकेको छ ।

दुखद् हुँदै मोदीले ट्विट गरे

विश्वकप जित्ने भारतको सपना न्यूजिल्यान्डले चकनाचुर पारेपछि दुखद् हुँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेका छन् । खेलमा हार र जित स्वभाविक भएको भन्दै उनले आउने भविष्यमा भारतीय क्रिकेट टिमले राम्रो गर्ने आस समेत गरेका छन् ।

हेर्नुहोस यस्तो छ मोदिको ट्विट

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु