विषादी परीक्षण नगर्ने निर्णय कार्यान्वयन नगर्नू : सर्वोच्च अदालत

Loading...
ईमेची डेक्स | अन्तिम पटक अपडेट गरिएको : October 24th, 2019,

२५ असार, काठमाडौं ।

तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले १८ असारको मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २ असारमा नेपाल आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्नेगरी ‘निकासी पैठारीसम्बन्धी आदेश’ राजपत्रमा प्रकाशित गरेको थियो । तर, १८ असारमा सरकारले तयारी नपुगेको भन्दै विषादी परीक्षण गर्ने आफ्नै निर्णय फिर्ता लिएको थियो ।

सर्वाेच्चमा परेका रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्चले तत्काल विषादी परीक्षण नगर्ने निर्णय उपभोक्ता संरक्षण ऐन २०७५ र मुलुकी अपराध संहिता २०७४ विरुद्ध रहेको वा नरहेको प्रश्न उठेको बताएको छ ।

सर्वोच्चले यस विषयमा ३० असारमा रीट निवेदनकर्ता र विपक्षी सरकार दुवै पक्षलाई छलफलमा बोलाएको छ । छलफलबाट टुंगो नलाग्दासम्म विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु