फुटवललाई जीवन सुम्पेका आशिष वन


प्रकाश पौडेल/पुस्कर गुरागाई

चारआली । आशिष वन जिल्लामा लोकप्रिय नाम हो । युवा खेल प्रेमीकाहरुले त झन् वनको नाम नसुनेको विरलै होला । फुटवलका पारखीका लागी परिचित वन सफल व्यवसायीको रुपमा झापामा स्थापित नाम पनि हो ।

वन सानैवाट समाजका लागि केही गरौ भन्ने सोच राख्दथे । उनको सोचलाई सत्यतामा वदल्न अहिले समाजका लागि धेरै काम गरिरहेका छन् । विशेष गरि फुटवल क्षेत्रमा उनको लगाव छ । क्लव वडा अनि गाँउस्तरिय फुटवल प्रतियोगिता उनको नेतृत्वको टोलीले कहिल्य हारेन । जसको परिणम स्वरुप उनले जिल्ला स्तरिय टोलीको नेतृत्व गर्ने अवसर प्रप्त गरे । विभिन्न जिल्लामा गएर जिल्ला स्तरिय फुटवन प्रतियोगित खेलेका थिए । विशेष कारण खेल जिवनलाई उनले निरन्तरता भने दिन सकेनन् । आफुले खेल जिवनलाई निरन्तरता दिन नसकेपनि खेलकुद क्षेत्रलाई सदैव आफुले साथ र सहयोग गर्ने उनले वताए । खेलकुद क्षेत्रमा थप प्रोत्साहन मिलोस् भनी हरेक विश्वकपको वेलामा वनको नेतृत्वमा काँकरभिट्टादेखी दमकसम्म कार÷बाइक र्यालीको समेत आयोजन गरिदै आएको छ ।

वन चारआली धाइजन भेट्रान फुटवल क्लवका अध्यक्ष पनि हुन् । २०६९ सालदेखी उनको नेतृत्वमा यो क्लवले विभिन्न खेलकुद गतिविधि गर्दै आएको छ । उनको परिकल्पनामा चारआली धाइजन फुटवल क्लवले एकाडेमीको सञ्चालन समेत गरिरहेको छ । पूर्व राष्ट्रिय खेलाडी पूर्ण सुव्वा प्रशिक्षक रहेको एकाडेमीले जिल्लामा उत्कृष्ट नेतुत्व गर्ने गरिको खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको छ । फुटवल खेलमा उत्कृष्ट खेलाडी उत्पादन गर्ने योजनाका साथ एकाडेमी सञ्चालन गरिएको वनले वताए ।

२०४१ साल असोज २५ गते साविक अनारमनी–१ वुट्टावारीमा वुवा स्वर्गगुनराज वन र आमा वीनादेवी खड्काको कोखवाट आशिषको जन्म भएको थियो । उनले लिटिल फ्लावर स्कुल विर्तामोडवाट एसएलसी गरेका थिए । प्लस टु अनि स्नातक एमइटी क्लेजवाट गरका वनले हाल मेची क्याम्पस भद्रपुरमा स्नातकोतर गरिरहेका छन् । वनको दुई छोरा अर्नम र अर्नित पनि धेरै मेहनती रहेका छन् ।े श्रीमती जीना सापकोटाले आफुलाई हरेक काममा सदैव साथ दिएको वनले वताए ।

वनले फुटवलमा मात्र होइन समाजका हरेक क्षेत्रमा सहयोग गर्दै आएका छन् । वनले २७ वर्षकै उमेरमा अनारमनि पब्लिक क्याम्पसलाई १ लाख रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै, पाउँ पाथिभरा मन्दिर चारआलीमा मूर्ति सहयोग गरेका थिए । खुदुनवारी चोक वजारमा निर्माण भएको मुर्ती निर्माणमा समेत वनले सहयोग गरेका थिए । पारिजात महिला फुटवल टिम अर्जुनधारालाई उनले निरन्तर सहयोग गर्दै आएका छन् ।

खेलकुद सँगसँगै समाजसेवामा आफ्नो जिवनलाई अगाडी वढाएका वन हाल चारआली धाइजन भेट्रान फुटवल क्लवका अध्यक्ष, झापा गोडकपको सदस्य, सहारा नेपाल साकोसको आजिवन सदस्य विरता जेसिजको सदस्यलगायतका संघसस्थामा आवद्ध रहेका छन् ।


वन सफल व्यवसायी नि हुन् । उनले आयत तथा निर्यातसम्बन्धी सपलतापूर्वक फर्म सञ्चालन गर्दै आएका छन् । पूर्वको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा ‘आशिष इम्पेक्स’ नामक फर्म सञ्चालन गर्दे आएका वनले किचन वेयरको आयत तथा निर्यातसम्बन्धी काम गर्दे आएका छन् । ‘आशिष इम्पेक्स’ किचन वेयर डिलरको रुपमा समेत पूर्वमा स्थापित भएको छ । विर्तामोडको कृष्ण हल रोडमा ‘आशिष इम्पेक्स’ सञ्चालन छ । करोडौको लगानिमा सञ्चालन भइरहेको यो इम्पेक्समा धेरैले रोजगारी पाएका छन् ।

वनले किचन वेयरका सम्पूर्ण सामानहरु चाइना र थाइलेण्डवाट आयात गर्छन् । उनले नेपालका पूर्वी जिल्ला र भारतका विभिन्न सहरमा किचन वेयरलगायतका सामान निर्यात गदै आएका छन् ।

प्रतिकृया दिनुहोस्