सरकारको पर्यटकीय गन्तव्यमा वाँसवारी सिमसार

Loading...
ईमेची डेक्स | अन्तिम पटक अपडेट गरिएको : October 24th, 2019,

मेचीनगर । सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने भएको छ । जस अन्तगरत झापाको बाँसबारी सिमसार पूर्वाधार पर्यटन केन्द्र, शहीद नेत्रलाल पार्क विर्तामोड, गौरादह कृषि पर्यटकीय क्षेत्र र अर्जुनधारा पर्यटकीय क्षेत्र चयन भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उययन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोटमा झापाबाट स्थापित र विकास गरिनुपर्ने क्षेत्रको रुपमा बासँबारी र अन्य नयाँ तथा विकास गरिनु पर्ने क्षेत्रको रुपमा परेका हुन् ।

झापामा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको किच्चक बध, नेपालकै होचो स्थान केचनाकवल, शिवसतासी धाम, दोमुखालगायत भए पनि नयाँ पर्यटकीय स्थलको रुपमा बासबारीलगायत यी क्षेत्र परेको नेपाल पर्यटन बोडले जनाएको छ ।

यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यसमध्ये कुन गन्तब्यलाई सयवटा भित्र समेटेर प्रवद्र्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो ।

मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् ।

सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ । ‘नेपाल भ्रमण वर्षुमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवद्र्धन योजना बनाइएको छ ।

यी पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुआत गर्नेछ । नयाँ गन्तब्य प्रवद्र्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो ।

पुरातात्विक सम्पदा, ठूला तालतलैया वा पोखरी, सम्भावित भए पनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवासुविधाको अभावले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई नयाँ पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी छनोट गरिएको हो ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु