महरा परिवारलाई डेरा पाउनै मुस्किल : कोही धोबीघाट, कोही लाजिम्पाट


यौ न दुर्व्य वहार आरोप लागेर प्रहरी हिरासत पुगेका निवर्तमान सभामुख कृष्णबहादुर महराको परिवारले बालुवाटारस्थित सरकारी निवास छाडेका छन्।

महरालाई यौ न दुर्व्यव हार आ रोप लागेपछि उनको परिवारले सरकारी निवास छोडेकाे हाे। अहिले उनको परिवारलाई डेरा पाउनै धौधौ भइरहेको छ।

‘तत्काल ठूलो घर मिल्न सकेन, त्यसैले उहाँहरूको परिवार धोबीघाट र लाजिम्पाट आसपासमा बाँडिएर बस्‍नुभएको छ,’ महराका सहयोगी डिल्ली मल्लले भने, ‘मेडम (महरा पत्‍नी) धोबीघाटतिर हुनुहुन्छ, छोराछोरी लाजिम्पाटसहित आफन्तकोमा बस्दै आएका छन् ।’ परिवार ठूलो भएकाले नयाँ घरको खोजी भइरहेकाे उनले बताए।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले यौ न दुर्व्य वहार आ रोप लगाएपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएलगत्तै पक्राउ परेका महरा हाल प्रहरी हिरा सतमा छन्।

आइतबारबाट सरकारी वकिलको कार्यालयमा बयान दिन सुरु गरेका महरालाई जिल्ला अदा लत काठमाडौंले पाँच दिन हिरा सतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ। सरकारी वकिलसमक्ष इन्का री बयान दिएका महरा हाल नर्भिक अस्पतालमा उपचाररत छन्।

उच्च रक्तचाप तथा मुटुमा समस्या देखिएपछि महरालाई प्रहरी वृतबाट अस्पताल लगिएको थियो।

(Visited 22 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु