व्यापार, व्यवसाय र जागिरको कमाइबारे त हामी सबैले सुने–जानेकै हो तर, नितम्बै कमाई त्यो पनि पत्याई नसक्नु ! पत्यार नलागे पनि कुरा सत्य हो । नि’तम्बकै कारण यति धेरै कमाइ गर्ने युवती रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन् । राजधानी बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौं रुपैयाँ कमाउने गरेकी छिन् ।

प्लाष्टिक सर्जरी गरेर उनले नि’तम्ब ठूलो बनाएकी छिन् । आकर्षक नि’तम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको उनको दाबी छ । उनलाई इन्स्टाग्राममा ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन् । हरेक इन्स्टाग्राम पोस्टमा उनले ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छिन् ।

सामाजिक सञ्जालमा आफू लोकप्रिय हुनुको कारण इमानदारी भएको उनी बताउँछिन् । ‘मैले प्लाष्टिक सर्जरी गरेर नि’तम्ब ठूला र आकर्षक बनाएकी हुँ,’ उनी भन्छिन्, ‘यो कुरा मैले कसैसँग लुकाएकी छैन । मेरो इमानदारीले मलाई लाखौँ प्रशंसक दिलाएको छ । यौ’नाकर्षण र हँसीमजाकलाई मिलाएर इन्स्टाग्राममा मनोरञ्जक सामग्री पस्कने गरेकी छु ।’

 

(Visited 175 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *