जिग्री-पाँडेविरुद्ध प्रहरीमा उजुरी, कपिराइट गरेकाे आरोप


इमेची डटकम । ३ कात्तिक, काठमाडौं :

नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हवले प्रहरीमा उजुरी गरेको छ । मिडिया हवले उनिहरूलाइ कपिराइटको उजुरी दिएकाे छ । मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उजुरी गरेको बताएका छन् ।

‘जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उत्पादन भएकाले तिनिहरूलाइ अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा अप्ठेरो परेको धितालले बताए । यसअघि भद्रगोलमा काम गरिरहेको जिग्री-पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गर्न थालेको हो । यसको कथानक पृष्ठभूमि र पात्रहरु भद्रगोलबाटै सारिएका छन् । उता मिडिया हबले पनि नेपाल टेलिभिजनबाट भद्रगोलको प्रशारण जारी राखेको छ । नयाँ टिमले बनाइरहेको भद्रगोलमा पुराना पात्रहरु छैनन् ।

(Visited 18 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु