प्रस्तुती : राजन ठटाल, मेचीनगर झापा

झापा मेचीनगर–७ का ४० वर्षीय रुपसागर अधिकारीले क्यान्सरजस्तो दुर्लभ रोगलाई जितेका छन् ।

२०७३ सालमा एक्कासी आफ्नो गालामा ट्युमर आएपछि धरानस्थित घोपा क्याम्पमा कार्यरत् ट्युमर रोग विशेषज्ञ कहाँ पुगे उनी । त्यहाँ पुग्दा अधिकारीले क्यान्सरको पहिलो चरणको रोग सुरु भएको थाहा पाए ।

त्यसपछि थप उपचारका लागि भारतको राजधानी दिल्लीस्थित राजिव गान्धी अस्पतालमा उपचार गराउन गएको उनी सुनाउँछन् उनी । ‘सुरुमा गालामा मासु पलाएको थियो’, ट्यूमर आउने बितिकै त्यस बारे यूट्युभमा भिडियो खोजेर हेरेँ’ अधिकारीले भन्छन्– ‘क्यान्सरकै लक्षण भएको थाहा पाएँ ।’ अस्पतालमा उपचारका क्रममा विभिन्न प्राविधिक ल्याव टेस्ट गर्न झण्डै एकवर्ष लागेको बताउँदै उनले एक वर्षका लागि औषधि लिएर स्वास्थ्य परीक्षण गराइएको बताए ।

शल्यक्रिया गराइसकेपछि अहिले डाक्टरको सल्लाह लिँदै प्रत्येक चार महिनाको अन्तर कस्तो हुदै छ स्वास्थ्य अवस्था जानको लागि आफु ४ हिनाको अन्तरालमा नियमित स्वास्थ्य जाँच गराउँदै आइएको अधिकारीको भनाई छ ।

‘स्वास्थ्यमा क्रमशः सुधार आइरहेको छ’ उनी भन्छन्–‘पहिलोपटक क्यान्सर भएको थाहा पाउँदा सम्म स्कूल पढाई रहेको थिएँ, त्यतिबेला मेरो स्वास्थ्य अवस्था नाजुक हुँदै गएको थियो ।’ मेचीनगर–७ स्थित एभरेष्ट अंग्रेजी विद्यालयका को–कोर्डिनेटर रहेका उनी २०७६ सालको एसइई परीक्षा नजिकिँदै गर्दा परीक्षा सुरु हुन एक महिनाअघि नै पुरै पुस्तकको कोम पढाई सकेको सम्झिन्छन् ।

तस्विर : रुपसागर अधिकारी ।

बिरामी हुँदा, साह्रो, गाह्रो पर्दा नै जीवनको वास्तविक अर्थ र मूल्य थाहा पाइने उनको अनुभव छ । रुपसागर भन्छन्–‘ जब म बिरामी परेँ, तब महसुस गरेँ डाक्टर गोविन्द्र केसीले नेपाली स्वास्थ्य क्षेत्रको विकृति विसँगति अन्त्य गर्न बस्नु परेको वास्तविक अर्थ ।’ डाक्टर केसीले उठाएका स्वास्थ्य सम्बन्धि मद्दा जायस भएको बताउँदै अधिकारीे सरकारले ती माग पूरा गर्नसके जटिल रोग लागेकै कारण उपचार गराउन भएभरको जायजेथा धितो राखेर ऋण लिनुपर्ने अवस्थाको अन्त्य हुने बताउँछन् ।

अधिकारीले भने आफु आफ्नो उपचारको क्रममा ३५ लाख भन्दा बढि रकम खर्च लागेको बताए , हाम्रो देशमा सरकारले दुर्लभ रोगका बिरामीलाइै सहज शुलभ र भरपदो सेवा प्रदान गर्न सके अन्य देशमा उपचारका लागि जानु् पर्ने समस्या हट्ने थियो । शिक्षण र राजनितिकमा आवद्ध उनि स्वास्थ्य अबस्था राम्रो बने सँगै शिक्षण र राजनितिकमा सकृय बन्न थालेका छन भने उनि नेपाली काँग्रेसका १ क्षेत्रका सहसचिब रमेत रहेका छन्

(Visited 37 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *