महावीर पुनको नेतृत्वमा काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

काठमाडौं । अभियन्ता महावीर पुनको नेतृत्वमा काठमाडौंमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना भएको छ ।
पुनको नेतृत्वमा काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन भएको हो । जनस्तरबाट र विदेशीहरुले पनि गरेको करिव ८ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो ।
युवाहरुलाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी सो केन्द्र स्थापना गरिएको हो । केन्द्रमा हाल २० वटा प्रोजेक्ट संचालनमा छन ।
ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएको पनि केन्द्रले जनाएको छ ।
(Visited 21 times, 1 visits today)
प्रतिकृया दिनुहोस्