मुस्कानलाई ए सि ड प्र हा र गर्नेलाई जे ल हैन, वाल-सुधारगृह !

बिमला गुप्ता । १ कात्तिक, वीरगन्ज :
नेपालकै चर्चित काण्डमध्येको एक वीरगन्जको एसिड काण्डका मुख्य अ भि युक्तलाई जिल्ला अ दा लत पर्साले बाल सुधार गृह बिर्तामा पठाएको छ।
जिल्ला अ दा ल तको १ नं. इजलासका मुख्य न्यायाधीश प्रकाश खरेलको एकल इजलासले छपकैया निवासी शमशाद आलम र मजीद मियाँको उमेर यकिन नहुँदा का रा गा रको सट्टा बाल सुधार गृह, बिर्ता पठाएका हुन्।
जिल्ला प्रहरी कार्यालय, पर्साले प्रमाण सङ्कलन गरी उमेरको हकमा मजीद मियाँलाई १९ वर्ष र शमशाद मियाँलाई १८ वर्ष तोकेर पठाएको देखिन्छ।
नारायणी अस्पतालले प्रहरीलाई प्रमाणस्वरूप उपलब्ध गराएको मेडिकल रिपोर्ट अनुसार शमशाद आलमको उमेर १६ देखि १८ वर्ष र मजीदको १८ देखि २० वर्ष तोकेको छ।
घरपरिवारले अदालतमा पेश गरेको जन्मदर्ता अनुसार मजीदको २०६२/१/१ गते र शमशादको २०६४ सालमा जन्म भएको छ।
यस विषयमा मुख्य न्यायाधीश प्रकाश खरेलले सबुत प्रमाणले दो षि भेटिए पनि उमेरको यकिन नहुँदा बालबालिका संरक्षण ऐन २०७५ अनुसार दुवै जनालाई सुधार गृहमा पठाएको बताए।
प्रहरीले दाबी गरेको प्रमाण र मेडिकल रिपोर्टको आधार मान्दा न्यूनतम उमेरलाई कानूनले आधार मानेकोले सोही अनुरुप दुवै जनाको उमेर १६ देखि १८ वर्ष देखिएकोले नाबालिगको हकमा बाल सुधार गृहमा पठाएको बताए।
जिल्ला प्रहरी कार्यालय पर्साले दाबी गरेको उमेर तथा परिवारले पेश गरेको प्रमाणको जाँच प्रक्रिया शुरू भइसकेको न्यायाधीश खरेलले जानकारी दिए।
हिजो बुधबार भएको थुनछेक बहसले मात्र सवै कुरा हुँदै बालिग भएको भए कारागारमा राखेर अनुसन्धान हुन्थ्यो। तर, नाबालिग भएकोले बाल सुधारमा पठाएको उनले बताए।
भदौ २० गते छपकैया निवासी मुस्कान खातुनमाथि गणेशमान चोकनजिक दुवै जनाले एसिड प्रहार गरेको थिए।
सो घटनालाई लिएर नेपाल–भारतका चर्चित व्यक्तिहरुले आ-आफ्नो अभिव्यक्ति दिएका छन् भने जिल्लाका राजनीतिक दलहरुले पनि आ-आफ्नो धारणा प्रस्तुत गरेका छन्।
यस विषयमा सांसद प्रदीप यादवले केही दिनअघि जिप्रका पर्सामा पुगेर दोषिलाई कडा कारबाही गर्न निर्देशन दिएका थिए।
यो समाचार ब्रेक एन लिक्सबाट साभार गरिएको हो ।
प्रतिकृया दिनुहोस्