आजको सुनचाँदीको मुल्यबारे आयो यस्तो खबर ।


काठमाडौं । आज साताको छैटौँ दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ । बुधबार एक सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार र शुक्रबार स्थिर रहेको हो ।

आज छापावाल सुन प्रतितोला ७० हजार ६ सय तथा तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने थोरै बढेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

र याे पनि पढ्नुहाेस । 

श्रीमती र छोरासँग रमाउँदै आर्यन…

काठमाडौं / चक्लेटी हिरो आर्यन सिग्देल यतिबेला परिवार सँग रमाइरहेका छन् । केही दिन अगाडि चलचित्र “हजार जुनी सम्म” को प्रमोसनमा व्यस्त रहेका आर्यनले भर्खरै मात्र परिवार सँग खिचेका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।वैशाख ६ गते अभिनेता आर्यन सिग्देल तथा उनकी धर्मपत्नी सपना भण्डारीका लागि विशेष दिन बनेको छ । किनभने उनीहरूले चारबर्ष अघि बैशाख ६ गतेका दिनमा लगनगाँठो कसेका थिए ।

यही विशेष दिन यस्पाली बैशाख ६ गते नै अभिनेता सिग्देल बुवा बनेका हुन् ।आर्यनकी धर्मपत्नी सपना भण्डारीले पहिलो सन्तान स्वरुप सुन्धरास्थित चिरायु अस्पतालमा छोरा जन्माएकी हुन् । आर्यन र सपनाले आफ्नो पहिलो सन्तानको नाम ‘आयान्स’ राखेका छन् ।

(Visited 23 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु