एजेन्सी । जापानमा आएको विनाशकारी आँधीका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ७७ पुगेकाे छ । केही दिन अगाडि आएको ६० वर्षयताकै विनाशकारी आँधीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ । मृत्यु हुनेकाे संख्या अझै बढ्न सक्ने देखिन्छ ।


अाँधीसँगै भीषण वर्षा समेत भएकाे हुनाले बाढी चलेकाे छ । जापानी अधिकारीहरूका अनुसार बिहीबारसम्म पनि झण्डै ३३ हजार घरहरूमा बाढीको असर बाँकी नै रहेको छ । आँधीले १ हजार ७०० घर पूर्ण तथा आंशिकरूपमा क्षतिग्रस्त भएकाे बताइएकाे छ ।

(Visited 11 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *