मुस्कान खातुनलाई भेट्न पारस खड्का लगायतको राष्ट्रिय क्रिकेट टि’म अस्पताल पुग्यो


काठमाण्डौ – एक महिनाअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले ए’सिड प्र’हार गरेका थिए । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । यही सन्दर्भमा राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवाल, पारस खड्का, सोमपाल कामी लगायतका खेलाडीले भेट गरेका छन् । यसका साथै बलिउड अभिनेता अमिताभ बच्चनसँग उत्तराखण्डको नैतीतालमा रहेको शेरवुड कलेजमा सँगै पढेका नेपाली साथी उज्ज्वल थापा पनि हुनुहुन्थ्यो । पारस खड्काले मुस्कान खातुन सबैका लागि प्रे’रणाको स्रोत भएको बताएका छन् ।

उनले मुस्कानको हौ’सला ब’ढाउँदै सधैभरि हाँ’सिरहन भनेका छन् । साथै पारसले यस्तो ज’घन्य अ’पराध गर्नेहरुवि’रुद्ध सरकारले क’डा क’दम चा’ल्नुपर्ने बताएका छन् ।अन्य खेलाडीहरुले पनि मुस्कानको स्वा’स्थ्यलाभको का’मना गरेका छन् । यसअघि नेपाली कलाकार लगायत बलिउडका अभिनेता अमिताभ बच्चन, शाहरुख खान वरुण धावन र अभिनेत्री कृति सेनन लगायतले भिडियाे सन्देश पठाएर मुस्कानकाे हाै’सला ब’ढाउने काम गरेका थिए । वीरगञ्ज महानगरपालिकाका ३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार बिहान विद्यालय जाँदै गरेको बेला उनीमाथि गएको भदौ २० गते स्थानीय दुई किशोरले ए’सिड प्र’हार गरेका थिए ।

(Visited 24 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु