राष्ट्रिय क्रिकेट टाेलीको कप्तानी छाडेकाे पारसकाे घाेषणा

Loading...
ईमेची डेक्स | अन्तिम पटक अपडेट गरिएको : October 23rd, 2019,

काठमाडौं, २८ असोज । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान पारश खड्काले कप्तानी छाड्ने निर्णय गरेकाे घाेषणा गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै खड्काले राष्ट्रिय टिमकाे कप्तानी छोडेको बताएका छन् । क्यानमाथिको निलम्बन फुकुवा भएकाेमा खुशी व्यक्त गर्दै उनले नयाँ कमिटीलाई शुभकामना समेत दिएका छन् । नयाँ टिमलाई लक्षित गर्दै उनले भनेका छन्, ‘नेपाली क्रिकेट, क्रिकेटर तथा सरोकारवालाहरुको हितमा काम गर्नु हुनेछ भन्ने कामना छ ।’


करिब एक दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हाल्दै आएका खड्काले एकाएक कप्तानी छाड्ने निर्णय लिएका हुन् । लामाे समय नेपालमाथि लागेकाे निलम्बन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सशर्त फुकुवा गरेको भाेलिपल्टै उनले याे निर्णय लिएकाे घाेषणा गरेका हुन् ।

सन् २००९ देखि राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसकाे कार्यकालमा नेपाली क्रिकेटलाई विदेशमा चिनाउन धेरै राम्रा काम भए । उनले एसीसी टी-२० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेलमा कप्तानी गरेका थिए ।

उनकै कप्तानीमा नेपालले टी-ट्वान्टी विश्वकप खेल्न सफल मात्र भएन, एक दिवसीयकाे मान्यता पनि पाएकाे थियाे । उनकाे कप्तानीमा पहिलो वान डे सिरिज र टि-ट्वान्टी सिरिज समेत नेपालले जितेकाे थियाे । उनी नेपालबाट वान डे र टी-२० दुवैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् । कप्तानी छाडे पनि पारसले केही समय राष्ट्रिय टिमबाटै खेल्नेछन् ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु