सुक्‍न थाले तीनकुनेमा रोपिएका बिरुवा, हराउन थाल्यो दुबो


२८ असोज, काठमाडौं :

रातारात फूल तथा बिरुवा रोपेर बगैंचा बनाइएको तीनकुनेमा बिरुवाहरू सुक्न थालेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका लागि सजाउन तीनकुनेमा रोपिएका बिरुवा सुकेका हुन्।

तीनकुनेका तीनवटा भित्तामा माटो भरेर रातारात फूल तथा अन्य बिरुवा रोपिएको थियो। बिरुवा तथा फूल रोपेपछि ‘सेल्फी चौर’ का रुपमा परिचित भएको यो चौरका तीनवटा भागमा रोपिएका कतिपय बिरुवा सुक्न थालेका हुन्।

तीनकुने चौरका किनारमा तीनतिरबाट देखिने गरी रोपिएको हरियो दुबो पनि अचानक हराउन थालेको छ। तीनकुनेमा रोपिएको दुबो सोमबार कतिपय ठाउँमा उप्किएको देखियो।

कोटेश्वरबाट एअरपोर्ट जानेतर्फको भागमा रोपिएको दुबो हराएको हो।

बाहिर चिटिक्क देखिए पनि भित्रपट्टी भने व्यवस्थापन गर्न बाँकी नै छ। तीनकुने चिटिक्क भएपछि यसको किनारमा बसेर सेल्फी खिच्नेहरू बढेका छन्।

(Visited 28 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु