मेघा घिमिरे उपचारको लागि अमेरिका पुगिन्


घरको छतमा करेन्ट लागेर दुवै हात गुमाएकी बिराटनगर निवासी मेघा घिमिरे यतिबेला उपचारको लागि अमेरिका पुगेकी छिन् । समाजसेवी रीना केसी र नारी केसी फाउन्डेसनको पहलमा उनी अमेरिका पुगेकी हुन् । मेघा घिमिरेले हात मात्र गुमाइनन्, हात सँगै जीवन भरी साथ दिने वाचा कसम खाएर विवाह गरेका श्रीमानले पनि उनको साथ छाडिदिएपनि बिचलित नभई सहयोगको अपिल गर्दै मिडियामा आएकी मेघालाई उपचारमा थप सहयोग मिलेको हो ।

अमेरिका पुगे लगत्तै मेघाले सामाजिक सञ्जालमा लेखेकी छिन् : “फेरि खुशीको दिनहरु फर्किदैछ” पछिल्लो समय सामाजिक सञ्जालले मेघा जस्तै धेरैको जीवनमा खुशी ल्याएको छ । करेन्ट लागेरै हात खुट्टा गुमाएका कृष्ण वलीले पनि सामाजिक सञ्जालकै माध्यमबाट सहयोग जुटेपछि अहिले क्रितिम हात खुट्टा हालिसकेका छन् ।



नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लगेको हो ।

संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लगेको हो । आफ्ना स्व बुबा नारायण केसी र स्व बहिनी रिना केसीको सम्झनामा स्थापना गरेको उक्त फाउण्डेशनले हरेक व्यक्तिको सुख र दुःखमा काम गर्ने गरेको छ ।

(Visited 49 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु