जनताको मन जित्न चिनियाँ राष्ट्रपतिको नेकपालाई ५ महत्वपूर्ण सुझाव


काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमणका क्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष र सचिवालय सदस्यहरुले सामूहिक भेटवार्ता गरे । भेटमा चिनियाँ राष्ट्रपतिले नेकपालाई चार महत्वपूर्ण सुझाव दिनुभएको छ । जसले नेकपालाई आउँदा दिनमा जनस्तरमा बिग्रिएको छवि सुधार्न पक्कै सहयोग गर्नेछ ।


चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच असोज ६ र ७ गते काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा चिनियाँ नेताले नेकपाका नेतालाई आफैभित्र समीक्षा गर्न सुझाव दिएका थिए । अझ, अनुशासन र जनताको पक्षमा काम गर्न समेत नेकपालाई सुझाव दिएर फर्किएका थिए । त्यसको ठीक १९ दिनपछि काठमाडौं आउनुभएका चिनियाँ राष्ट्रपति सी जिन पिङले आइतबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सचिवालय सदस्यसँग समेत भेटेर सोही कुरा दोहो¥याउनुभएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित नेकपाका सचिवालय सदस्यहरुले सीसँग सामूहिक भेटवार्ता भएको थियो । भेटमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागी थिए । यस्तै नेकपा नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि भेटमा सहभागी थिए ।

चिनियाँ राष्ट्रपति सीले नेकपालाई दिएको पाँच सुझावः

पहिलोः नेपालले हासिल गरेको राजनीतिक उपलब्धी र स्थायित्वलाई विकासको बाटोमा हिँड्न चीनको सहयोग ।

दोस्रोः नेपाल र चीनको सम्बन्ध राम्रो र सुदृढ बनाउनुका साथै नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्ध पनि अझ सुमधुर बनाउनुपर्ने ।

तेस्रोः चिनियाँ कम्युनिस्ट पार्टीको अनुभव अनुसार पार्टीमा स्वच्छता र सुशासन आवश्यक भएमा मात्रै चिनियाँ कम्युनिस्ट पार्टीसँग र सरकारको जनतासँग राम्रो सम्बन्ध रहने ।

चौथोः प्रतिकुलताका बाबजुद समाजवादको दिशामा चीन अगाडि बढेको छ । तर, कम्युनिस्ट क्रान्तिको आधारमा मात्र सत्ता नचलाएकाले जनतालाई उपलब्धीहरु दिन नसकेको भए अहिलेको चीन सम्भव थिएन । त्यसैले जनताको मन जित्ने काम गर्न आवश्यक छ ।

पाँचौंः नेपाल चीन सम्बन्धमा अनुकुलता मात्र छैन, प्रतिकुलता पनि भएकाले ध्यान दिनुपर्ने ।

यि पाँच महत्वपूर्ण सुझावले नेकपाभित्रको गुटगत समस्याका साथै नैतिक आचारणसँगै जनपेक्षा अनुसार काम गर्न आवश्यक चीनले पनि देखेको छ । त्यसैले सिपिसी र सीको सुझावलाई नेकपाले पालना गर्न मात्र सकेमा पनि नेकपाले सोचेको विकास र समृद्धिका लागि जनता पनि लालायित पक्कै हुने देखिन्छ ।

(Visited 5 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु