बिहानै ग्यास सिलिन्डर विस्फोट, सात जनाको मृत्यु


माउ, उत्तर प्रदेश, २७ असोज (एएनआई) । भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार सिलिन्डर विस्फोटबाट दुई तले घरमा ठूलो क्षति पुगेको थियो । भत्केको घरभित्र केही व्यक्ति पुरिएको आशंकामा प्रहरीले खोजतलास गरिरहेको छ ।

उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै तत्काल सबै सम्भाव्य उपाय अवलम्बन गरी उद्धार र उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

(Visited 4 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु