अरिङ्गालले टोकेर दाङमा एकको मृत्यु


२७ असोज, दाङ । अरिङ्गालले टोकेर एक ब्यक्तिको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं ९ जाबुने बस्ने ४० वर्षीय घनश्याम बरालको उपचारको क्रममा मृत्यु भएको हो ।


बनमा घाँस काट्ने क्रममा अरिङ्गालको गोलो भत्किए पछि अरिङ्गालले बराललाई टोकेको थियो ।अरिङ्गालको टोकाईवाट घाईते भएका बरालको उपचारको क्रममा चितवन पुरानो मेडिकल कलेजमा गत राति मृत्यु भएको राप्ती गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष रिम बहादुर सुनारीले जानकारी दिएका छन् ।

कृषक रहेका मृतक घनश्याम बरालको बृद्ध आमा, बिरामी श्रीमती तिन छोरी र एक छोरा रहेको सुनारीले बताए ।

(Visited 10 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु