यस कारण गरिन्छ शिवलिं गको पूजा


हिन्दु धर्मवालम्बीहरुका लागि शिवलिं गको विशेष महत्व छ । शिवलिं ग भनेको भगवान शंकरको प्रतिक मानिन्छ । धर्मसास्त्रका अनुसार लिं ग भनेको शक्ति हो । त्यसलैले उत्पादक शक्तिको चिन्हको रुपमा लिं गको पूजा गर्ने गरिन्छ ।

लिं गको पूजा गर्नाले सबैको पूजा हुन्छ भन्ने विश्वास राखिन्छ । शिवलिंगमा योनिलाई मात्री शक्तिको प्रतीक मानिन्छ । शिवलिंगले पूरा ब्रह्माण्ड पुरुष र महिलाको ऊर्जाले बनेको हो भन्ने इंगित गर्दछ ।

लिं ग पुजा गर्नुका केही कारण यस्ता छन्

शिवलिं ग मान्यताको अनुसार, लिंग एउटा बिशाल लौकिक अन्डाशय हो जसको अर्थ पूरै ब्रह्माण्डको प्रतीक हो ।

शिवलिं ग र त्रिमूर्ति– त्रिमूर्तिको मतलब हो ब्रह्मा, विष्णु र महेश यसलाई अझ राम्रोसँग जान्ने हो भने यी तीनले सत्य, ज्ञान र अनन्तलाई दर्शाउँछन् ।

शिवलिं गका बारेमा दुई एक पटक ब्रह्माजी र विष्णुजीबीच विवाद उत्पन्न भयो । ब्रह्माजीले सृष्टिकर्ता भएको कारणले श्रेष्ठ भएको दावी गरे र विष्णुले सृष्टिको पालनकर्ता भएको कारणले आफू श्रेष्ठ भएको दावी गरे । त्यसपछि त्यहाँ एक विशाल लिं ग उपस्थिति भयो र दुवै देवतामा सहमतिले यो निश्चय गरियो कि जसले यो  शिवलिं गसमाप्ती बारे पहिला पत्ता लगाउछ त्यो नै श्रेष्ठ हुनेछ ।

दुवै जना विपरित दिशामा शिवलिं गको समाप्ति खोज्न निक्लिए । तर उनीहरुलाई कुनै समाप्ति मिलेन यसले उनीहरुमा यो ज्ञात हुन्छ कि शिवलिं ग नै अनन्तकाल हुन् ।

शिवलिं गको उत्पत्ति यसको कुनै रंग हुँदैन । यो जुन रंगको सम्पर्कमा आउँछ त्यही रंगको हुन्छ । शिवलिंगको पूजा ध्यान साधनाको लागि हो र यसलाई निर्गुण ब्रह्मा पनि भनिन्छ ।

(Visited 38 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु