सिन्धुपाल्चोकमा दुर्घटनामा परेर १४ जनाले ज्यान गुमाएको बेला काभ्रेमा अर्को दुर्घटना


२४ असोज, बनेपा । सिन्धुपाल्चोकमा दुर्घटनामा परेर १४ जनाले ज्यान गुमाएकै बेला काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी शुक्रबार साँझ तीन जनाको मृ*त्यु भएको छ । पन्ध्र जना घा इ ते भएका छन् ।

महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ३५९५ नं को निशान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दु र्घ ट ना भएको हो ।

मृ*त्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान, वकिल बोम्जन तथा नाम र ठेगाना नखुलेको एक जना रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । मोक्तान र बोम्जनको घटनास्थलमा तथा अर्को यात्रुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मु*त्यु भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको अहिले स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।

सिन्धुपाल्चोक दुर्घटनामा उपचार गराइरहेकाहरुको केही तस्विरहरु

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १० भोटसिपास्थित बडहरेचोकमा शुक्रबार बस दुर्घटनमा परी घाइते भएकाको उपचारका लागि धुलिखेल अस्पताल ल्याइएपछि गाडीबाट ओराल्न सहयोग गर्दै काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख जयराज सापकोटा ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– १० भोटसिपास्थित बडहरेचोकमा भएको बस दुर्घटनमा परी घाइते भएकाको धुलिखेल अस्पतालमा उपचार भइरहेका घाइतहरुको अवस्था बुझदै प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल ।
(Visited 4 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु