अब कहिल्यै दसैं आउँदैन…

Loading...
इमेची संवाददाता | अन्तिम पटक अपडेट गरिएको : October 23rd, 2019,

गत शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षको ढोकैमा केही दसैंमा स्वदेश फर्कंदै गरेका आफन्तको पर्खाइमा थिए, कोही पर्यटक। ५० कटेकी सुन्तली श्रेष्ठ पनि त्यही भिडमा थिइन्।

उनी न धक फुकाएर रुन सकिरहेकी थिइन्, न हाँस्न नै। उनी जवान छोराको प्रतीक्षामा थिइन् तर उनका २९ वर्षीय छोरा सन्तोष श्रेष्ठ हाँस्दै र हात हल्लाउँदै हैन, काठको बाक्सामा प्याक भएर आउँदै थिए, लिबियाबाट।

उनी उदास थिइन्। उनीसँगै उदास थिए सन्तोषका ६० वर्षका सोमप्रसाद श्रेष्ठ पनि। दुवै ढोकाको आडै नजिक बस्न मिल्ने भागमा टुसुक्क बसेर टोलाइरहेका थिए।

असोज १० बिहानको साढे १० बजे कतार एयरवेजको प्लेन ल्यान्ड भयो रनवेमा। केही समयपछि बाहिर निस्कने यात्रुहरुको संख्या बाक्लियो। श्रेष्ठ दम्पतिको आँखा पनि आगमन कक्षको ढोकातिरै थियो।

दुवै धेरैबेर हेर्न सक्दैनथे ढोकातिर। सुन्तली केहीबेर ढोकातिर हेर्थिन् अनि पछ्यौरीले मुख छोप्थिन्। सोमप्रसादको हाल पनि उस्तै नै त थियो। रुँदारुँदा दुवैका आँखा राता भइसकेका थिए।

प्लेन ल्यान्ड भएको झण्डै २ घण्टापछि ट्रलीमा गुड्दै आयो बाकस। जसमा लपेटिएका थिए, यी दुवै दम्पतिका प्यारा छोरा। सोमप्रसाद त्यही बाकसलाई अँगालो हालेर रुन थाले।
‘मेरो बाबु कसरी आउँछौ भन्ने सोचेको थिएँ, कसरी आयौ ?’ उनी भनिरहेका थिए।

सुन्तलीको हालत पनि उस्तै थियो। छोरा प्याक भएर आएको बाकस सुम्सुम्याउँदै दुवै निक्कैबेर रोए। शव ल्याउन सघाउन आएका गाउँले मलिन अनुहार लगाएर नजिकै उभिएर हेरिरहे, यी दुवै वृद्ध–वृद्धाको हृदय चिरिने वेदना।

रुँदारुँदा दुवै थाके। आफन्तले सम्झाउँदै कफिन उचालेर नजिकै रहेको श,व वा,हनतिर लगे। बाबु त्यही श,व वा,हनमा चढे। सुन्तलीलाई आफन्तले ट्याक्सीतिर लगे। श,व वा,हन स्टार्ट भएर पशुपति आर्य,घाट नपुगेसम्म सोमप्रसादको वृद्ध आँखा ओभाउन सकेन।

गत वर्ष सन्तोष घटस्थापनाको दुई दिनअघि हात हल्लाउँदै फर्किएका थिए कतारबाट। सुटकेस हल्लाउँदै पुगे उनी लम्जुङको बेसीसहर। उनी नेपालमै बस्ने सुरले स्वदेश फर्किएका थिए।

यतै केही इलम गर्न पोखरामा रहेको मोबाइल पसलमा काम पनि गरे। तर यताको कमाईमा उनको मन अडिएन र फेरि विदेश जान कस्सिए। इटाली जान सकिने प्रस्तावले उनको मन अडिएन र तयार भए।

२०७५ माघ २ मा उनी सन्तोष श्रेष्ठ लगायतका अन्य तीन जनासँग इटाली पुग्ने सपना बोकेर दुबई हिँडे। दुबईसम्म भिजिट भिसामा गएका उनी एक महिनापछि इटाली हैन लिबिया पुगे।

उनलाई जसले इटालीको सपना देखाएका थिए, ती वैधानिक श्रम एजेन्ट थिएनन्, मानव तस्क,रीमा सक्रिय समूह थियो। माइकल भनिने नारायण अधिकारी, सतीश घिमिरे, नवीन भनिने नवराज अधिकारी र पूर्ण अधिकारी मिलेर उनलाई इटालीको सपना देखाएर द्व,न्द्व,,ग्रस्त जोखिमपूर्ण देश लिबियाको त्रिपोली पु-याएका थिए।

इटाली पुग्न वैधानिक बाटो सम्भव थिएन। जोखिमपूर्ण समुद्री मार्ग प्रयोग गर्नुपथ्र्यो। इटाली जान कुर्दाकुर्दै लिबियामा विद्रो,हीको ब,म बि,स्फोटमा परी उनको मृ,त्यु भयो। उनीसँगै गएका दिनेश बस्नेतसहित ४ जना भने बाँच्न सफल भए। उनीहरुलाई नेपाल सरकारले सकुशल फर्कायो भने जेठ १६ गते मृत्यु भएका सन्तोषको श,व भने सरकारको पहलमा बल्ल शुक्रबार आइपुग्यो।

विद्रो,हीको कब्जामा परेर सन्तोषको मृ,त्यु भएलगत्तै हङकङको मकाउमा रहेका दलाल माइकल अधिकारीले सन्तोषको परिवारलाई फोन गरेका थिए। उनले पैसा दिएर मिलाउने भनेर २५ लाखमा नेपालमा रहेकी माइकलकी आमालाई हस्ताक्षर गर्न लगाएर कागज बनाएका थिए।

सन्तोषका बाबु सोम प्रसादलाई कानुनी बाटो छोडिदऊ भनी फकाएका थिए। पठाउने पनि लमजुङकै मान्छे भएपछि भैगो भन्दै तस्करवि,रुद्ध जा,हेरी पनि दिएका थिएनन् सोमप्रसादले। छोरा पठाउँदा सोमप्रसादलाई १५ लाख रुपैयाँ ऋ,ण लागेको थियो। त्यो ऋ,ण अझै पनि तिर्न सकेका छैनन्।

सन्तोष सहितका युवालाई सरकारले नै प्र,तिबन्ध लगाएको देश लिबिया पु-याउने नारायण अधिकारी सहितका वि,रुद्ध नेपाल प्रहरीको मानव बेचविखन अनुस,न्धान ब्युरोमा जाहेरी परिसकेको छ तर उनीहरु अहिलेसम्म पक्राउ परेका छैनन्।

शुक्रबार श,व वाहनमा छोराको श,व रहेको बाकस हेर्दै रोइरहे सोमप्रसाद। सोमप्रसादले भने, ‘अब हामीलाई दसैँ कहिल्यै आउँदैन।’
वृद्ध बाआमा टोलाइरहे। सन्तोषको श,व विद्युतीय श,वदाह गृहमा विस्तारै खरानी हुँदै गयो।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु