पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङमा शनिबार बस र ट्रक आपसमा ठोक्किँदा च्यापिएका ट्रक चालकको उद्धार गरिएको छ। भालुबाङबाट लमहीतर्फ जाँदै गरेको ना १ ख ४७९३ नम्बरको ट्रक र धनगढीबाट काठमाडौं जाँदै गरेको बा ५ ख ५२८३ नम्बरको बस राप्ती गाउँपालिका–२ को बराखुट्टीमा बिहान २ बजे आपसमा ठोक्किएका हुन्।

त्यस क्रममा ट्रकमा च्यापिएर चालक गम्भीर घाइते भएका हुन्। ट्रकले च्यापिएका चालकको करिब केहि घण्टापछि उद्धार गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ११ जना सामान्य घाइते भएका छन्। उनीहरूको दाङमै उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ। ट्रकका चालकको दुबै खुट्टा फ्याक्चर भएका छन् । उनको शनिवार बिहान ७ बजेपछि मात्रै उद्धार संभव भएको हो । दुर्घटना पछि गाडि भित्रै फसेका ट्रकका गाहाको फलाम काटेर मात्रै उद्धार गरिएको हो ।

‘बस सहचालकले चलाएको पाइयो । स्टेरीङमा घाइते अवस्थामा हामीले उद्धार गर्दा सहचालक नै थिए,’ प्रहरी निरिक्षक सारुले भने ‘बस पुरै रङ साईडमा गएर ट्रक संग ठोक्किएको छ।’सरकारले लामो दुरीमा अनिवार्य रुपमा २ वटा चालक राख्न आग्रह गर्दै आएको छ । तर गाडीधनीहरुले भने दक्ष चालक राख्नुको सट्टा सहचालक बाटै काम चलाउन खोज्दा यस्ता दुर्घटनाको जोखिम बढेको जानकारहरु बताउँछन् ।

(Visited 49 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *