सिन्धुलीमा बस दुर्घटना हुँदा तीन जनाको निधन भएको छ। बिपी राजमार्गस्थित सिन्धुलीको नेपालथोकमा शनिबार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै निधन भएको प्रहरीले जानकारी दिएको छ। काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बा ३ ख २३५९ नम्बरको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। मृ’तकको पहिचान नखुलेको सिन्धुली प्रहरीले जनाएको छ। बसमा चालकसहित ३५ जना सवार रहेको प्रहरीको अनुमान छ। दुर्घटनाको कारणबारे जानकारी नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

यो पनि पढ्नुहोस : दुर्घटनामा वृद्धाको निधन

कञ्चनरुप–फत्तेपुर सडकअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठमा आज भएको दुर्घटनामा एक ज्येष्ठ नागरिकको निधन भएको छ । निधन हुनेमा कञ्चनरुप नगरपालिका–६ क्वाटर मलेठ बस्ने ७२ वर्षीया टंककुमारी खतिवडा रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

कञ्चनरुपबाट फत्तेपुर जाँदै गरेको स.१च १३६० नम्बरको पिकअप गाडीले दिएको ठक्करले घटनास्थलमै उनको निधन भएको छिमेकी चित्रबहादुर कटवालले जानकारी दिनुभयो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा श’व परीक्षण भएको छ ।

(Visited 16 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *