एसईई’को नतिजाले लियो सदीक्षाको ज्यान


काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका १२ बलम्वु दुरसञ्चार नजिकै एसईई परीक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आ**त्महत्या गरेकी छन् । अर्घाखाँची जिल्ला सन्धीखर्क नगरपालिका वडा नम्वर ७ घर भई चन्द्रागिरि–१२ बलम्बु स्थित बलम्वु माविबाट यो वर्ष एसईई परीक्षा दिएकी सदीक्षा पौडेलले झुण्डिएर आ**त्महत्या गरेकी हुन् ।महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काका अनुसार एसईईमा सदीक्षाले ‘ए प्लस’ नआएको भन्दै आ**त्महत्या गरेको हुनसक्ने बताउनुभएको छ ।

प्रहरीका अनुसार सदीक्षाको शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ ।बलम्वु माध्यामिक विद्यालयबाट पौडेलको एसईईमा ३ जिपीए ३.६ आएको थियो । पछिल्लो समय बालबालिकाह?लाई एसईईको कारण ज्यान गुमाइरहेका छन् । स्कूल र अभिभावकहरूले आफ्नो छोरा–छोरीलाई उचित परामर्श दिन नसक्दा यस्ता दुर्घटनामा बृद्धि भएको हो । बेलैमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायको ध्यान जान ज?री छ ।

(Visited 25 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु