फुलपातीको दिन : पोखरामा जीपले स्कुटरलाई ठक्कर दिदा दुई जनाको मृत्यु


पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा–२७ आदर्शचोक बस्ने स्कुटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिनुभयो ।

तालचोकबाट विजयपुर आउँदै गरेको ग२च ९९५० नम्बरको बोलेरो जीप र विपरीत दिशातर्फ जाँदै गरेको ग१५प ४३८० नंको स्कुटर ठोकिएका थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृ त घोषणा गरेको प्रहरीको भनाइ छ । घटनालगत्तै जीप र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

नापी कार्यालयका एक कर्मचारीले सप्तकोशी नदीमा हाम्फालेर गरे आ त्मह त्या, सु साइड नोट समेत फेला

असोज, विराटनगर । सप्तकोशी नदीमा हा म्फालेर एक जनाले आ त्मह त्या गरेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विराटनगरमा कार्यरत नापी सर्भेयर राजेशकुमार साहले सप्तकोशी नदीमा हा म्फालेर आ त्मह त्या गरेका हुन् ।

सुनसरी इनरुवा स्थायी घर भएका शाह कोशी पुल नजिकै उनको को २२ प ६९६५ नम्बरको मोटरसाइकलमा परिचय पत्रसँगै सु साइड नोट फेला परेको थियो । सु साइड नोटमा आफ्ना दुई साझेदारका कारण आ त्मह त्या गरेको सु साइड नोटमा लेखिएको प्रहरीले बताएको छ । तर व्यक्तिको नाम भने किटान गरेको छैन । शाहले तीन जना साथीसँग मिलेर इनरुवामा प्लाइउड फ्याक्ट्री चलाइ रहेका थिए ।

(Visited 9 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु